भूजेल जातिको मृत्यु संस्कार

SHARE:

गुरुङ रामप्रकाश समथिङ
नेपालको राष्ट्रिय जनगणना २०६८ अनुसार भूजेल जातिको जनसंख्या महिला ६२ हजार ४ सय ८६ र पुरुष ५६ हजार १ सय ६४ जना गरी जम्मा १ लाख १८ हजार ६ सय ५० जना रहेका छन् ।
जनजाति मध्येको एक भूजेल जाति आफ्नो जन्मदेखि मृत्युसम्मका सम्पूर्ण संस्कारहरु आफ्नै जातको पुरतेद्धारा गराउँदछन् । कतै घर्ती त कतै भूजेल भनेर चिनिने यी जातिको मुख्य बसोबास क्षेत्र बाग्लुङ जिल्लाको भूजी हो । तर हाल आएर नेपालको पचहत्तरै जिल्लामा धेर थोरै संख्यामा बसोबास गर्न थालेका भेटिन्छन् ।
भूजेल जातिमा मानिस मर्‍यो भने लासलाई गाड्ने र जलाउने दुबै प्रक्रिया अनुसार गर्दछ । सातौ दिनसम्म किरिया बारी शुद्ध हुने गर्दछ । मान्छेको मृत्यु भएपछि लासलाई नलेखिएको सेतो कपडाले बेरी भेटेसम्म र पाएसम्म पूmल चढाउने र पूmलको माला बनाई लगाई दिने गर्दछ । घरबाट लासलाई खोलातिर वा डाँडातिर लैजाने बेलामा परिवारजनले लासको वरिपरि पाँच पटक घुमी पूmल चढाउने गर्दछ ।
भूजेल जातिमा बिहे गरेको मान्छेको मृत्यु भएमा जलाउने र बिहे नगरेको मान्छेको मृत्यु भएमा गाड्ने चलन रहेको छ । खोलामा लानु परेमा पुर्‍याई सकेपछि चिता बनाउने काम गर्दछ । लासलाई चितामा चढाउनु अघि चिताको वरिपरि पाँच पटक घुमाएर मात्रै उत्तर दिशा टाउको पारी चितामा चढाउने गर्दछ । चितामा चढाइ सकेपछि मृतकको शरीरमा भएको सबै कपडाहरु निकालेर फालीदिने गर्दछ । त्यसपछि छोरा, छोरी र आफन्तले मृतकको मुखमा पानी लगाई दिदै नमस्कार (सेवानुङ) गर्दछ । अरु जातिको जस्तो बावु वा आमा मर्दा छोराहरुले बत्ती बाल्दै मुखमा लगाई दिए जस्तो भूजेल जातिमा त्यसरी छोरा, छोरीहरुले बत्ती बालेर मुखमा लगाई दिने गर्दैनन् । बावु वा आमाको मृत्यु भएको हो भने छोरा र छोरीले चिताको वरिपरी पाँच–पाँच ठाउँमा आगो लगाउने गर्दछ । त्यसैलाई दाग बत्ती दिएको मान्ने चलन छ ।
त्यस्तै लासलाई गाड्नु पर्ने भयो भने लासलाई घरबाट निकाली जंगलमा पुर्‍याई सकेपछि खाडल खन्ने काम गर्दछ । खाडल तयार भएपछि वरिपरि लासलाई पाँच पटक घुमाएर मात्रै खाडलमा लगाउने गर्दछ । खाडलमा लगाई सकेपछि पाँच वटा टपरीमा चामल, चिनी, घ्यू, केरा र धुप बालेर दुबै हात जोडी भगवानको नाममा ‘हे सर्वशक्तिमान ! अजय शत्ति हाम्रा बावु आमा, छोराछोरी र आफन्तलाई आपूmमा समाहित गर । यो सृष्टि सृजना र निर्माण जे भने पनि तिम्रै हो । अनिध्वंश नास विनास, परलोक र मृत्यु जे भने पनि तिम्रै हो’ भन्दै मन्त्र उचारण गर्दै भुईमा राख्ने गर्दछ । खोलामा जलाएको अवस्थामा हो भने खोलामा बगाई दिने गर्दछ ।
लासको अन्त्येष्टि गरिसकेपछि मलामीहरु घरतिर फर्कदा बाटोमा काँडाले छेक्ने गर्दछ । जुन काँडाले छेक्नु पर्ने कारण मृतआत्मा मलामीहरुसंगै घरतिर फर्कन्छ भन्ने विश्वास भूजेल जातिमा रहेको छ । त्यसैले मलामीहरुले बाटोमा राखेको काँडा टेक्दै आउनु पर्ने हुन्छ । किरिया बार्नेहरुले कपाल खौरी सातौ दिनसम्म नुन, तेल जस्ता नखाई बस्नु पर्दछ । सातौ दिनसम्म किरिया बारी शुद्ध हुने गर्दछ । भूजेल जातिले गर्ने संस्कारहरुमा आफ्नै जातको पुरेत लगाउने गर्दछ । पुरेत नै लगाई मृत्यु संस्कार गरेता पनि सातौ दिनमा किरिया बार्नेहरुलाई पुरेत, छोरी, ज्वाइ र भान्जा भान्जीले श्रीखण्डको चन्दनको टीका लगाई दिएपछि मात्र किरिया बार्नेहरु चोखिएको मानिन्छ । भूजेल जातिमा मान्छे मरेको तिथि पारी बार्षिक रुपमा पितृको नाममा श्राद्ध गर्ने गर्दछ ।
प्रतिक्रियाका लागि : ९८५२६८१५८०

सन्दर्भ सामाग्री
१. लेखक रामप्रकाश समथिङ, जिल्ला विकास समितिको कार्यालय फिदिम, पाँचथर र नेपाल आदिबासी जनजाति महासंघ जिल्ला समन्वय परिषद पाँचथरद्धारा प्रकाशित– पाँचथरका आदिबासी जनजातिहरु जेष्ठ–२०६६
२. लेखक प्राज्ञ इन्द्रबहादुर गुरुङ, काशीपरी गुरुङद्धारा प्रकाशित तमु (गुरुङ) साँस्कृतिक दिग्दर्शन–असोज २०६८
३. लेखकद्धय ताम्ला उक्याव र श्याम अधिकारी, श्री ५ को सरकार (हाल नेपाल सरकार) स्थानीय विकास मन्त्रालय राष्ट्रिय जनजाति विकास समिति काठमाडौद्धारा प्रकाशित नेपालका जनजातिहरु बैशाख–२०५७
४. लेखक मधुसुदन पाण्डेय, पैरबी प्रकाशनद्धारा प्रकाशित नेपालका जनजातिहरु– २०६१
५. सम्पादक पवन चामलिङ ‘किरण’ निर्माण प्रकाशन गुम्पा घुर्पिसे, नाम्ची, दक्षिण सिक्किमद्धारा प्रकाशित वर्ष १९, अंक ३४—निर्माण सँस्कृति विशेषाङक, अप्रिल– सन १९९९
६. लेखक डा.हर्क गुरुङद्धारा लिखित नेपाल आदिबासी जनजाति महासंघद्धारा प्रकाशित–जनजाति सेरोफेरो मे—२००६

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!