लिम्बुवानी माया मिम्जिफूङ कि युप्पारुङ

SHARE:

कृष्णकुमार हेम्ब्या
‘मिम्जिफुङ पिरुङिल् ताक्तुवाहा, कुसाङ्धो केक्छु पातुवाहा”
फूलमाया दिँए थापेकै हो, घरजमै गरौं भनेकै हो !

भरखरै सार्वजानिक ‘मिम्जिफूङ’ पालामको शब्द सर्जक सुवर्ण नेम्वाङ हुन् । उनले दश लिम्बुवान सत्र थुममा फुल्ने विभिन्न पालामरुपी रंगीचंगी थुँगाहरु संकलनगरी लोभलाग्दो ‘मिम्जिफुङ’ को माला गाँसी दिए । झापाको प्रशिद्ध माइवेनी मेलामा तरुनीतन्देरी दीप केरुङ र मनुता काम्वाङबीच धान नाच्छन् । धान नाचेर गहिरो माया वसि ‘युप्पारुङ’ स्वीकार गरेकी एक तरुनीले अन्तमा अर्कैसँग घरजम गरेपछि आफू एक्लो भएको वियोगान्त लिम्बुवानी मायाजालमा फसेको कथा पालामद्धारा व्यक्त गर्छन दीपले । दीपले विगतमा भोगेका असफल प्रेमप्रति भावविह्ल हुँदै मनुताले ‘सान्सारिक मायाजाल यस्तै हो; अब विगत सम्झेर आँशु झार्नुभन्दा भविष्यका उज्वल सपना देखेर चित्त बुझाउनु’ सान्त्वना दिन्छिन् ।
दीपले चढाएको मिम्जिफूङ (मायाको फूल) लत्याएर प्रेमीको जीवन बर्बाद पार्न खोज्ने धोकेवाज तरुनीको सशक्त भूमिका संगीता लौतीले निभाएकी छिन् ।

मिम्जिफूङमा पहिलो पटक क्यामेरामा देखापरेकी संगिताले लिम्बू जनजीवनमा सुहाउने विजोडको अभिनयले मदहोस बनाउँछ । कसैलाई मन पराउनु ‘आई लभ यूू’ संवाद भन्नैपर्ने फिल्मी परम्परालाई संगिताले तोडी दिइन् । उनको छड्के नजर र अनुहारको भावले याक्थुङ थाङ्वेन—मैन्छ्याबीच माया पिरती बस्दा जवानीमा हुने खासगरी मिलनविछोडमा सिर्जित हर्ष पीडाका भेलहरु उर्लेका छन् । र, लिम्बुवानका विकट थुमहरुमा घरजमगरी वसेका आम लिम्बूनीहरुको मनोदशालाई दुरस्तै चित्रण गर्न सफल भएकी छिन ।

आफ्नै लगानीमा निर्मित मिम्जिफूङको लिड भोइसमा आशराज आफै छन् । आशराज वखिम वजारमा कमै देखिने पुराना तर अग्रणी पालाम गायक हुन् । उनी स्टेज तताउनुभन्दा एकान्तमा बसी मीठो स्वरमा खाँटी पालाम गाऊन रमाउछन ।

ताप्लिजङ कुञ्जारी वखिम लिम्बूहरुको उदगमस्थल हो । आसपासका तरुनीहरुबीच ‘तीनताले ठूले’ भनेर चिनिएका आशराज उमेरले टीनएज नकाट्दै लाहुरे बने । उनी नेपाल छुट्टी जाँदा अरु लाहुरेजस्तो शहरमा क्यामेरा भिरेर आधुनिक युवती खोज्नतिर समय बर्बाद गरेनन् । आशराज हङकङमा किनेका एउटा टेपरीकटर बोकेर गाऊमा फर्के । र, पल्टनमा तीनवर्ष पालाम भन्न नपाएको तीर्खा लिम्बुवानका विभिन्न थुमहरुमा लाग्ने मेलाबजार, विवाह र सांस्कृतिक भेलाहरुमा धान नाचेर मेटाए । यसैको निरन्तराताले नै उनको स्वर अझै युवाहरुको झै लोभलाग्दो छ । र जन्मियो ऐतिहासिक ‘मिम्जिफूङ’ ।

मिम्जिफूङका झ्याम्ले गोगो फेसनका नवजवान दीप गाउँको कुनै आवरा उतौलो ठिटो होइनन् । उनको प्रस्तुतिले लिम्बू, कला, संस्कृतिमा चल्तीमा आएको नमुना पात्रको प्रतिनिधित्व गरेको छ । गायन, कार्यक्रम प्रस्तोता र लिम्बू नेपाली थुपै्र म्युजिक भिडियोमा जीवन्त अभिनय गरेर खारिएकी मनुता काम्वाङले मिम्जिफुङमा सुनमा सुगन्ध थपेर साम्याफूङ बनाइ दिइन् । मिम्जिफूङमा अर्की प्रमुख पात्र हुन् मनु नेम्वाङ । पालामको दुँनियामा एकक्षत्र राज गरेकी मनु आशराजको सहयोगी भएरपनि एक जिम्मेवार अभिभावककोरुपमा देखिन्छीन ।

मिम्जिफूङको पालाम चर्चित चारखोले भाषामा छ । यो पालामको सुटिङ लिम्बुवानको उद्गमस्थल माथि पहाडतिर नभएपनि कार्यकारी निर्देशक देउकृष्ण लिंखा र निर्देशक बिक्रम वनेम फागोले मिम्जिफूङको कथा वस्तुसंग मिल्दो ऐतिहासिक विजयपुर, माइवेनी चुम्लुङ स्थलहरु र लिम्बू समुदायकै बालवच्चा, बुढाबुढी सबै पिढी छनोटजस्ता कलात्मक प्रयोगले सार्थक परिणाम दिएको छ । गायक आशराजकै भाका संकलन, सोम मगरातीको कलात्मक श्रृगार र युवराज राईको कुशल छायाङ्कनलेपनि मिम्जिफूङ सफल बन्न थप सहयो पुर्यायो ।

मिम्जिफूङमा परम्परागत थाक्थाक्मा, मेलापातका रमणिय झलक, वास्तविक लिम्बुवानी जीवन शैली र सीपका अनेक लोभलाग्दो सामाजिक र सांस्कृतिक दृश्यहरु छन । मेलावजारमा तरुनी तन्देरी हलुङगे बटुकोमा छनुवा खाँदै हाँसखेल, माया, प्रेम, विछोड, जीवन संघर्ष र मानविय संवेदनाका थुपै पाटोहरु मिम्जिफूङमा अटाइएका छन् ।

तर पनि मिम्जिफूङ लिम्बुवानको अमर प्रेमकथा कदापि होइन, नत साप्लारेपूmङ । सांस्कृतिक धान नाचको सुुन्दर पक्ष भनेकै मायाजालमा फसेपछि यसको पीडा भोगेका थुपै लिम्बू युवायुवतीहरु नयाँ नयाँ पालाम रचना गरेर हाम्रो कला संस्कृतिको फक्ताङलुङ अग्ल्याउन सहयोग गर्छन् । याक्थुङ समाजमा आफूले मन पराएको गर्लफ्रेण्ड वा वोईफ्रेण्डबीच मात्र धान नाच्नु पर्छ भन्ने मान्यता छैन । आफ्ना मौलिक कला संस्कृति जोगाउन साइँनो संबन्ध नपर्ने जोसँग पनि धान नाच्न सकिन्छ भन्ने खुला संस्कार मिम्जिफूङले देखाएको अर्को सन्देश हो ।

यो म्यूजिक भिडियोको यति सुन्दर नाम ‘मिम्जिफूङ’ अर्थात् ‘मायाको फूल’ जुराउने कला पारखीलाई मान्नैपर्छ । तर २१ मिनट कथाको प्लट हेर्दा ‘युप्पारुङ’ अर्थपूर्ण हुन सक्थ्यो । याक्थुङ मुन्धुम अनुसार ‘युप्पारुङ’ जीवरभर नछुटिन्ने वाचा वन्धनको कडी हो । आपूmले रोजेको तरनीको पथाङमा बैनासरह वा लगनमा केटाले केटीलाई उपहारस्वरुप दिने चाँदीको सिक्का ‘युप्पारुङ’ हराउन लागेको तर महत्वपूर्ण हाम्रो याक्थुङ संस्कृति हो ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!