बेलायत र फ्रान्सले ‘स्ट्रेट अफ हर्मुज’ पुनः सञ्चालनको पहल गर्ने

लन्डन । बेलायत र फ्रान्सले मध्यपूर्व युद्धको सुरुवातदेखि इरानले प्रभावकारी रूपमा बन्द गरेको प्रमुख ‘स्ट्रेट अफ हर्मुज’ पुनः खोल्न पहल गर्ने भएका छन् । उनीहरूले यस हप्ता करिब ३० देशहरूको वार्ताको अध्यक्षता गर्ने बेलायती सञ्चारमाध्यमले बुधबार जनाएका छन् । रक्षा अधिकारीलाई उद्धृत गर्दै ‘द गार्जियन’ ले भनेको छ, ‘चिफ अफ डिफेन्स स्टाफको बैठक यसै हप्ताको […]
मध्यपूर्वमा तनाव कायमै :अमेरिकाद्वारा इरानलाई १५ बुँदे युद्धविराम प्रस्ताव

लन्डन । अमेरिका सरकारले इरानसँग जारी द्वन्द्व अन्त्य गर्ने उद्देश्यले १५ बुँदे युद्धविराम प्रस्ताव अघि सारेको छ । यो प्रस्ताव पाकिस्तानमार्फत इरानसम्म पुर्याइएको बताइएको छ, जसले अमेरिका र इरानबीच वार्ता पुनः सुरु गराउन मध्यस्थताको भूमिका खेल्ने सङ्केत दिएको छ । यसैबीच, अमेरिका मध्यपूर्व क्षेत्रमा आफ्नो सैन्य उपस्थिति थप सुदृढ बनाउने तयारीमा देखिएको छ । करिब […]
नेपालको प्रतिनिधिसभाका ज्येष्ठ सदस्य केसीले लिए शपथ

काठमाडौँ । नेपालको प्रतिनिधिसभाका नवनिर्वाचित ज्येष्ठ सदस्य अर्जुनरसिंह केसीले पद तथा गोपनियताको शपथ लिएका छन् । राष्ट्रपति कार्यालयमा बुधबार आयोजित विशेष समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलले उनलाई पद तथा गोपनियताको शपथ गराएका हुन् । समारोहमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधान न्यायाधीश प्रकाशमान सिंह राउत, राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहाल उपस्थित थिए । यसैगरी समारोहमा मन्त्री, नव निर्वाचित सांसद, […]
एनआरएनए लक्जेम्बर्गमा नयाँ एनसीसी गठन, अध्यक्षमा दुर्गा थापा

लक्जेम्बर्ग । गैरआवासीय नेपाली संघ (एनआरएनए) लक्जेम्बर्गको राष्ट्रिय समन्वय परिषद् (एनसीसी) नयाँ कार्यसमिति गठन गरिएको छ। दुर्गा थापाको अध्यक्षतामा कार्यसमिति चयन गरिएको हो । अन्तर्राष्ट्रिय समन्वय परिषद् (आइसीसी) सदस्यमा युद्ध थापालाई चयन गरिएको छ । कार्यक्रमलाई सम्बोधन गर्दै एनआरएनएका अध्यक्ष डा. हेमराज शर्माले नवगठित समितिले लक्जेम्बर्गस्थित नेपाली समुदायलाई एकताबद्ध गर्दै सकारात्मक भूमिका निर्वाह गर्ने विश्वास […]
नेपाली फुटबल टोलीकी स्ट्राइकर ‘साम्बा’को घुँडाको सफल अपरेसन

लन्डन । नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी स्ट्राइकर सावित्रा भण्डारी ‘साम्बा’को घुँडाको अपरेसन गरिएको छ । न्युजिल्यान्डको अकल्यान्डमा डाक्टर साइमन र उनको टोलीद्वारा शल्यक्रिया सफलतापूर्वक सम्पन्न भएको साम्बाले सामाजिक सञ्जालमार्फत बुधबार बिहान जानकारी दिएकी छन्। उनकाका अनुसार खाडी क्षेत्रमा अवस्था अनुकूल नरहेका कारण कतारस्थित अस्पेटार अस्पताल पुग्न समस्या भएपछि विशेषज्ञको सुझावमा न्युजिल्याण्डमै शल्यक्रिया गरिएको हो। […]
नेपालमा एकै दिन सुन तोलामा १४ हजार ६ सयले बढ्यो

काठमाडौँ । नेपालको स्थानीय बजारमा बुधबार सुनचाँदीको मूल्य बढेको छ । सुन तोलामा एकैदिन १४ हजार ६०० रुपैयाँले बढेको छ भने चाँदी पनि तोलामा चार सय १५ रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मोल प्रतितोला दुई लाख ८८ हजार ५०० र त्यति नै परिमाणको सेतो धातुको मूल्य चार हजार […]
बेलायतमा २५ अप्रिलमा ‘मोना शुभकामना साँझ-२०२६’ हुने, चर्चित कलाकारको प्रस्तुति

लन्डन २५ मार्च २०२६ । म्याग्दी अर्गनाइजेसन (मोना यूके) को आयोजनामा बेलायतमा ‘मोना शुभकामना साँझ-२०२६’ हुने भएको छ । चर्चित कलाकार गोविन पुन, शारिस्मा राम्जाली, निरुता पुनको प्रस्तुतिसहित आगामी २५ अप्रिलमा मोना शुभकामना साँझ हुन लागेको मोना यूकेका अध्यक्ष पदम गर्बुजाले एभरेस्ट टाइम्सलाई जानकारी दिए । कार्यक्रम फार्नबरोस्थित द स्यामुएल कोडी स्पोर्ट्स कलेज, बालान्टाइन रोडमा […]
आरोही पूर्व गोर्खा सैनिक हरि बुढामगरको पुस्तक बजारमा आउँदै

लन्डन । आरोही पूर्व गोर्खा सैनिक हरि बुढामगरको पुस्तक बजारमा आउने भएको छ । विश्वका सातै महाद्वीपका अग्ला हिमाल (सेभेन समिट) पूरा गर्ने पहिलो ‘डबल एभब नी’ (दुवै खुट्टा घुँडा माथिबाट काटिएको अवस्था) बुढामगरको पुस्तक ‘कन्क्वेरिङ ड्रिम्स’ आउँदो २७ अगस्ट २०२६ मा मिरर बुक्सद्वारा प्रकाशित हुन लागेको हो । पुस्तक अमेजन र वाटरस्टोन्समा ‘प्रि–अर्डर’ गर्न […]
नेपालका बुधबारका लागि यस्तो छ विदेशी मुद्राको विनिमयदर, पाउन्ड कति ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारण गरिएको विनिमयदर अनुसार अमेरिकी डलरको भाउ सामान्य रुपमा घटेको छ । युरोपियन युरो, युके पाउण्ड स्ट्रलिङ, स्वीस फ्रयाङ्कको भाउ भने बढेको छ । निर्धारित विनिमयदर अमेरिकी डलर एकको खरिददर १४९ रुपैयाँ ८९ पैसा र बिक्रीदर १५० रुपैयाँ ४९ पैसा तोकिएको […]
Sponsorship deal puts QinetiQ at the heart of Armed Forces Day National Event

By Mel Francis – RBC Rushmoor Borough Council is proud to announce that one of the borough’s largest employers has agreed to be the headline sponsor at the Armed Forces Day National Event in June. As Platinum sponsor QinetiQ, which has its headquarters in Farnborough and employs 1,200 people, will be at the heart of […]
Dedicated community volunteers honoured with Mayor’s awards

Mel Francis -Rushmoor Borough Council Dedicated Aldershot volunteers Caroline and Mick Mills have been honoured with a Mayor’s Award, recognising more than 20 years of outstanding service – particularly their unwavering support for the wider Armed Forces community. The award was presented by the Mayor of Rushmoor, Councillor Calum Stewart, as a surprise during a […]
नेपाली कांग्रेसको १५औँ महाधिवेशन आगामी भदौ २४-२६ सम्म गर्ने सभापति थापाको प्रस्ताव

पाटन (ललितपुर) । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीको १५औँ महाधिवेशन आगामी वर्ष भदौ २४ देखि २६ गतेसम्म गर्ने प्रस्ताव केन्द्रीय समितिमा पेस गर्नुभएको छ । पार्टीको केन्द्रीय कार्यालय सानेपामा आज सुरु भएको केन्द्रीय कार्यसमितिको बैठकमा सभापति थापाले यही चैत २१ गतेदेखि महाधिवेशन तयारीको कार्यतालिका प्रस्तुत गर्दै आगामी भदौ २६ गते सम्पन्न गर्ने कार्यतालिका पेश […]