एनआरएनए नागरिकता कार्यान्वयन हुनेगरी कानुन संशोधन गर्न माग

काठमाडौं । गैरआवासीय नेपाली नागरिकता कार्यान्वयन हुनेगरी कानुन संशोधन गर्न सरोकारवालाले माग गरेका छन् । गैरआवासीय नेपाली संघ (एनआरएनए) को १२औं अधिवेशन तथा विश्व सम्मेलनको चौथो सत्र ‘राइटस् अफ नेपाली डायस्पोरा एण्ड डिग्निफाइड लेबर माइग्रेसन’ मा बोल्दै वक्ताहरुले संविधानले आर्थिक, सामाजिक, सांस्कृतिक अधिकार दिए पनि एनआरएन नागरिकताले नछोएको भन्दै आगामी संसद र सरकारले प्राथमिकताका साथ […]
विदेश गएर बाकसमा फर्कनुपर्ने अवस्थाको अन्त्य होस् : प्रधानमन्त्री सुशीला कार्की [अन्तर्वार्ता]

लुकको विषम परिस्थितिमा कार्यकारी प्रमुखको जिम्मेवारी सम्हालेर प्रधानमन्त्री सुशीला कार्कीले तोकिएका समयमा प्रतिनिधिसभाको निर्वाचन गराउने कार्यभार पूरा गर्नुभएको छ । निर्वाचन हुने/नहुने भन्ने संशयकाबीच यही फागुन २१ गते शान्तिपूर्ण रुपमा निर्वाचन सम्पन्न भएर मतपरिणाम सार्वजनिक भई नयाँ सरकारका गठनको तयारी सुरु भएका बेला प्रधानमन्त्री कार्कीमा एकप्रकारको सन्तोष मिलेको देखिन्छ । निर्वाचन गराउने दायित्व पूरा गर्दा […]
पासा पुचः गुथि यूकेले १९ अप्रिलमा तेस्रो लन्डन बिस्का जात्रा आयोजना गर्ने

लन्डन । पासा पुचः गुथि यूकेले आउँदो १९ अप्रिलमा तेस्रो लन्डन बिस्का जात्रा’ आयोजना गर्ने भएको छ । शनिबार साउथ इष्टस्थित गोर्खा क्याप्रीकन क्लबमा आयोजित पत्रकार सम्मेलनमा जात्रा तयारीबारे अवगत गराइएको हो । डार्टफोर्ड ओपन एयर थिएटर सेन्ट्रल पार्कमा हुने जात्रा नेपाली दूतावास लन्डनको सहकार्य र स्थानीय संघसंस्थाको सहयोग रहनेछ । पासा पुचः गुथि यूके […]
नेपाल बास्केटबल यूकेको आयोजनामा आइतबारदेखि ए-स्टार नेपाल बास्केटबल लिग

लन्डन । ए-स्टार फाइनान्सियल सलुशन्स युके तथा ए-स्टार मोर्गेजेज युकेसँगको सहकार्यमा नेपाल बास्केटबल यूकेले आयोजना गर्न लागेको ‘ए-स्टार नेपाल बास्केटबल लिग २०२६’ आइतबार (१५ मार्च) देखि सुरु हुन लागेको छ । आयोजकका अनुसार लिगको फाइनल खेल ४ जुलाई २०२६ मा सम्पन्न हुनेछ। यसपटक पुरुषतर्फ ११ टिम र महिलातर्फ ३ टिमले प्रतिस्पर्धा गर्नेछन्। पुरुषतर्फ प्रत्येक टिमले […]
बेलायतमा १३औं पाँचथर कप सर्यो, अब ९ मेमा हुने

लन्डन १४ मार्च २०२६ । पाँचथर समाज सेवा यूकेद्वारा बर्सेनि आयोजना गर्दै ल्याएको पाँचथर कप फुटबल प्रतियोगिता सरेको छ । केही प्राविधिक कारणले प्रतियोगिता ९ मे लाई सारिएको खेल संयोजक देउमान लावतीले एभरेष्ट टाईम्सलाई जानकारी दिए । यसअघि मे २ का लागि उक्त फूटबल प्रतियोगिता तय गरिएको थियो । यस पालीको खेल समूह विगतका जस्तै […]
अर्कै भुउपग्रहवाट आएका डा. महाबिर पुन मगर

चिम्खोले काईला – बेलायत डा. महावीर पुनको व्यक्तित्व र उनको कार्यशैलीलाई नियाल्दा उनी साँच्चै नै यो धर्तीको औसत भीडभन्दा अलि पर, कुनै अर्कै भू–उपग्रहबाट ओर्लिएका परग्रही जस्ता लाग्छन्। हुन त उनको बोलाई, खुवाई र हिँडाई कुनै पनि निर्वाचनको राप र तापभन्दा पहिले नै सर्वसाधारण जनताको भन्दा निकै फरक र विशिष्ट थियो। जब सारा संसार विज्ञापन […]
मनकामनाबाट फर्किंदै गरेको माइक्रोबस दुर्घटनाः ७ जनाको मृत्यु, आठ जना घाइते

गोरखा । गोरखाको सहिदलखन गाउँपालिका–३ कानटारमा विद्युतीय माइक्रोबस दुर्घटनामा सात जजाको मृत्यु भएको छ । मनकामना मन्दिर दर्शन गरेर फर्कंदै गरेको बाप्र०१–००६ ख ८४३० नम्बरको माइक्रोबस शनिबार राति करिब ८ः०० बजे दुर्घटनामा परेको थियो । दुर्घटनामा सात जनाको मृत्यु भएकामा तीमध्ये पाँच पुरुष र दुई जना महिला रहेका जिल्ला प्रहरी कार्यालय गोरखाका प्रमुख प्रहरी उपरीक्षक […]
बीजिएनएले वोयलफर अफिसर क्याप्टेन निर्मल गुरुङलाई निमन्त्रणा!!!

लण्डन । ब्रिटिस गोर्खा नेपालीज् एसोसिएसन (बीजिएनए) वेम्बलीले गत आइतबार, ८ मार्च २०२६ का दिन एक विशेष सूचनामूलक कार्यक्रम सम्पन्न गरेको छ। गोर्खा वेलफेयर ट्रस्ट सेन्टर (GWTC) बाट वेलफेयर अफिसर क्याप्टेन निर्मल गुरुङलाई संस्थाले विशेष निमन्त्रणा गरी उक्त कार्यक्रमको आयोजना गरेको हो। यो निमन्त्रणा कुनै औपचारिक भोजभतेर नभई ब्रिटिस भूतपूर्व गोर्खा सैनिक र तिनका सन्ततिहरूका […]
Armed Forces Covenant Community को वार्षिक बैठक फोक्स्टोन नेपाली कम्युनिटीको भवनमा सम्पन्न

बेलायत, ५ मार्च २०२६ । फोक्स्टोन नेपाली कम्युनिटी (FNC) ले ‘Folkestone and Hythe District Council’ सँगको सहकार्यमा आफ्नो सामुदायिक भवनमा ‘Armed Forces Covenant’ को वार्षिक बैठक भव्य रूपमा आयोजना गरेको छ। उक्त कार्यक्रममा बेलायतका विभिन्न ठाउँका संस्थाहरूबाट करिब ४० जनाभन्दा बढी प्रतिनिधि, स्थानीय काउन्सिलरहरू तथा ‘Armed Forces Covenant Community’ को हितमा कार्यरत सरोकारवालाहरूको बाक्लो उपस्थिति […]
नेपाली संस्कृतिलाई दोस्रो पुस्तामा हस्तान्तरण गर्न एनआरएनएले पहल गर्नुपर्छ: डा. जगमान गुरुङ

काठमाडौं । वरिष्ठ संस्कृतिविद् डा. जगमान गुरुङले संस्कृतिको विकास पुस्ता पुस्तामा हस्तान्तरणबाट हुने र त्यहीबाट संरक्षण हुने बताएका छन् । गैरआवासीय नेपाली संघ (एनआरएनए) को १२औ अधिवेशन तथा विश्व सम्मेलनको ‘दोस्रो पुस्ताका युवा र सांस्कृतिक उत्तरदायित्व (सेकेण्ड जेनेरेसन युथ र कल्चरल रेस्पोन्सबिलिटी)’ सत्रमा मुख्य वक्ताका रुपमा बोल्दै गुरुङले प्रवासमा रहेका नेपालीको दोस्रो पुस्तालाई नेपाली संस्कृतिसँग […]
एमालेले टुंग्यायो समानुपातिक सांसद, को-को परे ?

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले समानुपातिकतर्फ १६ जना सांसद चयन गरेको छ । शनिबार भएको एमालेको केन्द्रीय सचिवालय बैठकले आदिवासी जनजातिबाट भूमिका सुब्बा, गङ्गादेवी श्रेष्ठ, रामबहादुर थापामगर र कुलभक्त शाक्यलाई चयन गरेको छ । उपमहासचिव लेखराज भट्टका अनुसार खस आर्यतर्फ पद्मा अर्याल, टुकाभद्र हमाल, यशुदा कुमारी बराल, गुरुप्रसाद बराल र पुष्पराज कँडेललाई चयन […]
म्याग्दीका तिकप्रसाद पुन र दिलमाया पुन ८४ वर्ष पुगेका अवसरमा विद्यालयलाई आर्थिक सहयोग

म्याग्दी १४ मार्च २०२६ । मालिका गाउँपालिका–४ स्थित च्युरीबोट र ओखरबोटका बासिन्दाहरुले ८४ वर्ष पुगेका अवसरमा दुई लाख ६० हजार रुपैयाँ विद्यालयलाई सहयोग गरेका छन् । चौरासी वर्ष पुगेका अवसरमा पूजाआजा र भोज भतेरमा हुने अनावश्यक तथा फजुल खर्च बचाएर उनीहरुले गाउँकै विद्यालयलाई सहयोग गरेका हुन् । च्युरीबोटका तिकप्रसाद पुन र दिलमायाले स्थानीय सिद्धार्थ माविलाई […]