यस्तो छ सोमबारका लागि नेपालमा निर्धारित विदेशी मुद्राको विनिमयदर, पाउन्ड कति ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारण गरिएको विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिददर १४७ रुपैयाँ ६४ पैसा र बिक्रीदर १४८ रुपैयाँ २४ पैसा तोकिएको छ । युरोपियन युरो एकको खरिददर १६८ रुपैयाँ ५५ पैसा र बिक्रीदर १६९ रुपैयाँ २४ पैसा, युके पाउण्ड स्टर्लिङ एकको खरिददर १९५ […]
तमु धीं यूकेद्वारा २४ मेमा हुने २४औँ गोर्खा कपको तयारीबारे छलफल

तस्बिर : तमु धीं यूकेका संस्थापक अध्यक्ष मीनप्रसाद गुरुङको फेसबुक वालबाट मिचेट १६ मार्च २०२६ । तमु धीं यूकेले आगामी २४औँ गोर्खा कपको तयारीबारे छलफल गरेको छ। १५ मार्च आइतबार तमु धीं भवन मिचेटमा अध्यक्ष जुमकाजी गुरुङको अध्यक्षतामा सम्पन्न बैठकमा प्रतियोगिताको तयारी र कार्यक्रमबारे जानकारी गराइएको हो । बैठकमा ५ अप्रिल आइतबार टिम र स्टल […]
बेलायत निवासी व्यवसायी कमल गुरुङको चिनियाँ ‘बेजिङस्टोक ओरिएन्टल मार्ट’ सञ्चालनको १ वर्ष पूरा

लन्डन । समाजसेवी एवं सफल युवा व्यवसायी कमल गुरुङले बेलायतको बेजिङस्टोकमा सञ्चालनमा ल्याएको चिनियाँ ‘बेजिङस्टोक ओरिएन्टल मार्ट’ ले १ वर्ष पूरा गरेको छ । तमु धीं यूकेको उपाध्यक्षसमेत रहेका गुरुङले गत वर्षदेखि सुरु गरेको दोस्रो ओरेन्टियल मार्टले आइतबार १ वर्ष पूरा गरेको हो । आफ्नो व्यवसायले वर्ष दिन सफलतापूर्वक पार गरेकोमा गुरुङले ग्राहक महानुभावहरूप्रति हार्दिक […]
निर्देशक बुद्धि तामाङको उपस्थितिमा “मिलारेपा” साउथ ईष्ट लण्डनमा पनि प्रदर्शन हुँदै

पूर्ण गुरुङ लन्डन । मानव जीवनको गहिरो अर्थ, धर्म, त्याग, सङ्घर्ष र आत्मबोधलाई उजागर गर्ने सत्य कथामा आधारित ऐतिहासिक नाटक ‘मिलारेपा’ साउथ ईष्ट लन्डनमा पनि मञ्चन हुने भएको छ । गत आइतबार ८ मार्चका दिन उक्त नाटकका निर्देशक बुद्धि तामाङ तथा नेपाल संयोजक लामा कोसिस वाइबाको उपस्थितिमा अल्डरसटमा सफल प्रदर्शनपश्चात् दर्शकहरुको विशेष अनुरोधमा साउथ ईष्टमा […]
नेपाल फर्किन चाहने कुवेतमा रहेका नेपालीलाई साउदी अरब हुँदै फर्किन अनुरोध

काठमाडौँ । कुवेतस्थित नेपाली दूतावासले नेपाल फर्किन चाहने कुवेतमा रहेका नेपालीलाई साउदी अरब हुँदै फर्किन अनुरोध गरेको छ । दूतावासले आइतबार विज्ञप्तिमार्फत अनुरोध गर्दै मध्यपूर्वमा विकसित विद्यमान परिस्थितिलाई दृष्टिगत गर्दै साउदी अरेबियाको विमानस्थल हुँदै नेपाल जान चाहने कुवेतमा बसोबास गर्ने नेपालीलाई ‘अनलाइन’ मार्फत साउदी भिसाका लागि आवेदन दिन सकिने जनाएको हो । दूतावासले भनेको छ, […]
विश्व नेपाली साहित्य महासंघले अन्तराष्ट्रिय नारी दिवसमा सृजना वाचन गर्दै सुशीला कार्कीलाई राष्ट्रमाता घोषणा गर्न प्रस्ताव

आइतबार, १५ मार्च २०२६ – बेलायत । विश्व नेपाली साहित्य महासङ्घ केन्द्रीय समितिले विशेष रचना वाचन कार्यक्रमको आयोजना गरी अन्तर्राष्ट्रिय नारी दिवस भव्य रूपमा मनाएको छ । कार्यक्रममा नारी शक्ति र साहित्यको चर्चा गर्ने क्रममा संस्थाका उपाध्यक्ष विजय हितान मगरले नेपालका पूर्वप्रधानन्यायाधीश एवं वर्तमान प्रधानमन्त्री सुशीला कार्कीलाई ‘राष्ट्रमाता’को उपाधि घोषणा गर्नुपर्ने प्रस्ताव अघि सार्नुभएको छ […]
मगर संघ युके, UHSB शाखाका महिलाहरूद्वारा भव्य रूपमा ‘रमझम च्यारिटी साँझ’ सम्पन्न

फोटो- जमुना पुन र नानु राना। शनिबार, १४ मार्च २०२६ – बेलायत। मगर संघ युके, युनाइटेड हाम्सयर, सरे र बर्कशायर (UHSB) शाखाका महिलाहरूले बेलायतको फार्नबोरोस्थित स्यामुल कोडी सपोर्ट कलेजमा ‘लेडिज रमझम च्यारिटी साँझ’ भव्यताका साथ मनाएका छन्। रमझम साँझमा रसमोअर बरो काउन्सिल आसपासका क्षेत्रबाट उपस्थित महिलाहरूले कार्यक्रममा भरपुर मनोरञ्जन लिएका थिए। उक्त कार्यक्रम सुरक्षा सम्बन्धी […]
बेलायत निवासी डा. हेमराज शर्मा एनआरएनएको अध्यक्षमा सर्वसम्मत चयन

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए)को अध्यक्षमा बेलायत निवासी डा. हेमराज शर्मा सर्वसम्मत चयन भएका छन् । अध्यक्षमा उम्मेदवारी दिएका रविन शेरचन र रविन बज्राचार्यले उम्मेदवारी फिर्ता लिँदै समर्थन जनाएपछि शर्मा अध्यक्षमा सर्वसम्मत भएका हुन् । शर्मा यसअघि उपाध्यक्ष थिए । यस सँगै एनआरएनएको सबै कार्यसमिति सहमतिमा चयन भएको निर्वाचन समितिले जनाएको छ । एनआरएनएको […]
बिना गुरुङको सुरक्षा घेरा विवाद : तमु धिं नेपालको चासो [विज्ञप्तिसहित]

पोखरा । तमु धिं नेपालले कास्की–३ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित बिना गुरुङसम्बन्धी सामाजिक सञ्जालमा भइरहेको आलोचना र टिप्पणीप्रति ध्यानाकर्षण भएको जनाएको छ । अध्यक्ष हुमबहादुर गुरुङले आइतबार जारी गरेको विज्ञप्तिमा पोखरामा राष्ट्रिय स्वतन्त्र पार्टी कास्कीको कार्यक्रममा गुरुङ बाहिरिने क्रममा स्वयंसेवकहरूले बनाएको सुरक्षा घेरासम्बन्धी भिडियो सार्वजनिक भएपछि राजीनामा माग र गालीगलौजसम्मका प्रतिक्रिया आउनु दुःखद् भएको उल्लेख […]
को हुन् समानुपातिक सांसदमा सिफारिस पूर्वगोर्खा क्याप्टेन पूर्ण लिम्बु ?

समाजिक अभियन्ता, गायक, नायक तथा चलचित्र निर्माता निर्देशक एबम सङ्गीत प्रेमी रिटायर्ड क्याप्टेन पूर्ण लिम्बु साहेबलाई संघीय संसद्मा श्रम संस्कृति पार्टीबाट समानुपातिक आदिवासी जनजाती कोटाबाट सांसद पदमा सिफारिस हुनु भएकोमा हार्दिक बधाई दिन चाहन्छु । वहाँको जीवन यात्रा मुख्यतः सैनिक सेवा, गोर्खा समुदायको कल्याण र ऐतिहासिक स्मारक संरक्षणसँग जोडिएको छ । वहाँ नेपालको पूर्वी पहाडी […]
रास्वपाद्वारा समानुपातिक सांसदको नाम सिफारिस

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय सचिवालय बैठकले समानुपातिक सांसदका लागि ५७ जनाको नाम सिफारिस गरेको छ । पार्टीले आजै सिफारिस भएकाहरूको सूची निर्वाचन आयोगमा बुझाउने भएको छ । बैठकले १७ जना खसआर्य, १६ जना जनजाति, तीन जना मुस्लिम, आठ जना दलित, नौ जना मधेसी तथा चार जना थारु ‘क्लस्टर’बाट सिफारिस गरिएको बैठकपछि पार्टी […]
भूपू ब्रिटिस लाहुरेसहित श्रम संस्कृतिले छान्यो चार समानुपातिक सांसद

काठमाडौं । श्रम संस्कृति पार्टीले भूपू ब्रिटिस लाहुरे पूर्णप्रसाद लिम्बूसहित चार समानुपातिक सांसद छानेको छ । आइतबार बसेको बैठकले आदिवासी जनजाति पुरुषतर्फ संखुवासभाका भूपू ब्रिटिस लाहुरे पूर्णप्रसाद लिम्बू, खस–आर्य महिलातर्फ झापाकी अम्बिका सङ्ग्रौला, दलित कोटाबाट सुर्खेतकी राधिका रम्तेल र मधेशी कोटाबाट रुबी कुमारी ठाकुरलाई प्रतिनिधिसभा सदस्यका लागि सिफारिस गरेको हो । फागुन २१ गते सम्पन्न […]