निर्वाचनमा प्राप्त सफलताका लागि राष्ट्रिय स्वतन्त्र पार्टीलाई बेलायतको बधाई

लन्डन । नेपालमा हालै सम्पन्न निर्वाचनमा प्राप्त सफलताका लागि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लाई बेलायतले बधाई दिएको छ । नेपालको राजधानीमा काठमाडौंमा रहेको बेलायती दूतावासले मंगलबार जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘यस ऐतिहासिक निर्वाचनमा सफलता प्राप्त गरेकोमा बेलायत राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लाई बधाई ज्ञापन गर्दछ।’ बेलायतले नयाँ सरकार गठनपछि नेपालसँग मिलेर काम गर्न उत्सुक […]

बेलायत निवासी गीतकार होमा लिम्बूको अगुवाइमा क्यान्सरपीडित पत्रकारलाई २ लाख ३५ हजार सहयोग

लन्डन १० मार्च २०२६ । बेलायत निवासी कुशल गीतकार तथा समाजसेवी होमा पाहिम लिम्बूको अगुवाइमा क्यान्सरपीडित पत्रकार कविन्द्र शेर्मा (कालीबहादुर) को उपचारका लागि २ लाख ३५ हजारभन्दा बढी सहयोग गरिएको छ । यहाँ ‘कबिन्द्र सेर्मा बचाउ’ अभियान संचालन गरेर संकलित २ लाख ३५ हजार २ सय ६४ रुपैयाँ सोमबार ललितपुरस्थित रेडियो बीएफबीएसमा एक कार्यक्रमबीच पीडितका […]

एनआरएनएको १२औँ महाधिवेशन तथा विश्व सम्मेलनको तयारीबारे परराष्ट्र मन्त्रालयमा उच्चस्तरीय बैठक

काठमाडौं । परराष्ट्र मन्त्रालयको आयोजनामा मंगलबार काठमाडौँमा उच्चस्तरीय बैठक सम्पन्न भएको छ । गैरआवासीय नेपाली संघ (एनआरएनए) को आगामी १२औँ अन्तर्राष्ट्रिय महाधिवेशन तथा विश्व सम्मेलन सफलतापूर्वक सम्पन्न गर्ने विषयमा बैठकमा विस्तृत छलफल गरिएको हो । बैठकमा परराष्ट्रमन्त्री बलानन्द शर्मा, एनआरएनएका अध्यक्ष डा. बद्री केसी, नेता महेश कुमार श्रेष्ठ लगायत सरोकारवाला निकायका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो […]

मध्यपूर्व युद्धको असर : ग्यास सङ्कटले भारतका रेस्टुरेन्ट जोखिममा

नयाँदिल्ली । मध्यपूर्वमा जारी युद्धका कारण इन्धन आपूर्तिमा अवरोध आएपछि भारत सरकारले प्राकृतिक ग्यास र खाना पकाउने ग्यासको वितरण कडा बनाएको छ । सरकारी आदेशपछि देशभरका रेस्टुरेन्ट तथा होटलहरूले ग्यास आपूर्ति रोकिँदा व्यापक रूपमा व्यवसाय बन्द हुन सक्ने चेतावनी दिएका छन् । भारत विश्वकै सबैभन्दा धेरै जनसङ्ख्या भएको देश हो र तरलीकृत प्राकृतिक ग्यास (एलएनजी) […]

चार कविलाई ‘व्यथित काव्य सम्मान’ दिने साहित्यिक पत्रकार संघको निर्णय

लन्डन १० मार्च २०२६ । साहित्यिक पत्रकार संघले ४ कविलाई ‘व्यथित काव्य सम्मान’ प्रदान गर्ने भएको छ । कविहरू विमला तुम्खेवा र मीनकुमार नवोदितलाई ‘व्यथित काव्य सम्मान २०८२’ सम्मान र ‘व्यथित काव्य डायस्पोरा सम्मान २०८२’ कविहरू लालगोपाल सुवेदी र दीपा राई पुन (अमेरिका)लाई दिने निर्णय गरिएको हो । कवि एवं समालोचक प्रमोद प्रधानको संयोजनमा साहित्यकारहरू […]

नेपालका विभिन्न भागमा मौसमी प्रतिकूलताले वायु प्रदूषण बढ्दो, मास्कको प्रयोग गर्न आग्रह

काठमाडौँ १० मार्च २०२६ । हालैका दिनहरूमा मौसमी प्रतिकूलताका कारण नेपालका विभिन्न भागमा वायु प्रदूषणको स्तर बढ्दै गइरहेको छ । विशेषगरी काठमाडौँ, पोखरालगायत देशका ठूला सहरका अतिरिक्त तराईका अधिकांश स्थानमा ‘पिएम’ (प्रदूषणका मसिना कणहरु) दुई दशमलव पाँच पुगेको जनाइएको छ । वन तथा वातावरण मन्त्रालयअन्तर्गतको वातावरण विभागले वायु प्रदूषणका असरबाट जोगिन आम नागरिकलाई सावधानी अपनाउन […]

विभिन्न कार्यक्रमसहित ईष्ट लन्डन महिला कम्युनिटीले मनायो ११५औँ अन्तर्राष्ट्रिय महिला दिवस

लन्डन १० मार्च २०२६ । ईष्ट लन्डन महिला कम्युनिटीले ११५औँ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस (८ मार्च) विभिन्न कार्यक्रम गरी मनाएको छ । “गीभ टु गेन” नारालाई आत्मसाथ गर्दै डेगेनहाममा कार्यक्रम आयोजना गरिएको हो । कार्यक्रममा कम्युनिटीका महिलाहरुले आफ्ना विभिन्न पेसा एवं क्षेत्रमा पुर्‍याएको योगदानलाई कदर गर्दै सम्मानपत्र, सील्ड र पुष्पगुच्छाले सम्मान गरिएको थियो । सम्मानित […]

नेपाल निर्वाचन : प्रत्यक्षतर्फको अन्तिम परिणाम सार्वजनिक, कुन पार्टीले कति सिट ल्याए ? [सूचीसहित]

काठमाडौं । नेपालमा फागुन २१ मा भएको प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ को प्रत्यक्षतर्फको अन्तिम मत परिणाम सार्वजनिक भएको छ । सोमबार राति सार्वजनिक १६५ निर्वाचन क्षेत्रको नतिजाअनुसार राष्ट्रिय स्वतन्त्र पार्टी १२५ सिटसहित पहिलो भएको छ । यस्तै १८ सिट सहित नेपाली कांग्रेस दोस्रो, ९ सिट ल्याएर तेस्रो स्थानमा नेकपा एमाले रहेको छ भने चौथो स्थानमा […]

नवनिर्वाचित सांसद महावीर पुन किताब बेच्न पोखरामा

म्याग्दी । म्याग्दीबाट नवनिर्वाचित प्रतिनिधिसभा सदस्य महावीर पुनःचुनाव जितेलगत्तै किताब बिक्री गर्न पोखरा पुग्नुभएको छ । स्वतन्त्र उम्मेदवार बनेर दोब्बर मतान्तरसहित जित हासिल गर्नुभएका पुनले सोमबार पोखराको पृथ्वीचोक, महेन्द्रपुललगायत ठाउँमा आफ्नो आत्मकथा बिक्री गर्नुभएको हो । “एकैदिन ८०० पुस्तक बिक्री गरेर रु छ लाख आम्दानी भयो”, उहाँले भन्नुभयो, “बिक्रीका लागि काठमाडौँबाट थप पुस्तक मगाएको छु […]

नेपाल निर्वाचन : समानुपातिकतर्फ एक करोड तीन लाख मतगणना, रास्वपा पहिलो स्थानमा

काठमाडौँ । समानुपातिक निर्वाचन प्रणालीतर्फ हालसम्म कुल एक करोड तीन लाख ४४ हजार ९५२ मतगणना भएको छ । निर्वाचन आयोगले उपलब्ध गराएको मंगलबार बिहान ८ बजे सम्मको विवरणअनुसार, राष्ट्रिय स्वतन्त्र पार्टीले सबैभन्दा बढी अर्थात् ४९ लाख ६७ हजार ०४३ मत प्राप्त गरेको छ । यस्तै, नेपाली कांग्रेसले १६ लाख ८४ हजार १७५, नेकपा (एमाले)ले १४ […]

नेपालमा प्रतिनिधिसभा सदस्यमा तीनजना गुरुङ निर्वाचित

काठमाडौं ९ मार्च २०२६ । नेपालमा फागुन २१ मा भएको प्रतिनिधिसभा सदस्य निर्वाचनमा गुरुङ समुदायबाट तीन जना निर्वाचित भएका छन् । मनाङबाट कांग्रेसका उम्मेदवार टेकबहादुर गुरुङ र कास्की निर्वाचन क्षेत्र नं ३ बाट बिना गुरुङ निर्वाचित भएकी हुन् । टेकबहादुर गुरुङले २ हजार ४१४ मत पाउँदा निकटम् प्रतिद्वन्द्वी नेकपाकी उम्मेदवार एशोदा गुरुङ (सुवेदी)ले ४५४ मत […]

जेन-जी आन्दोलनपछि चर्चित बनेका सुधन गुरुङ गोरखा-१ बाट निर्वाचित

काठमाडौं । जेन-जी आन्दोलनपछि चर्चित बनेका राष्ट्रिय स्वतन्त्र पार्टीका नेता सुधन गुरुङ गोरखा क्षेत्र नम्बर १ बाट निर्वाचित भएका छन् । सोमबार दिउँसो सार्वजनिक मतगणनाको अन्तिम नतिजाअनुसार गुरुङ फराकिलो मतान्तरसहित विजयी बनेका हुन् । सुधनले २९ हजार ८९६ मत पाउँदा उनका निकटतम् प्रतिस्पर्धी कांग्रेसका प्रेम खत्रीले १५ हजार ३९८ मत ल्याएका छन् । तेस्रो स्थानमा […]

error: Content is protected !!