गोरखा-१ मा रास्वपाका सुधन गुरुङको सुरुआती अग्रता

गोरखा । प्रतिनिधिसभा सदस्य निर्वाचनमा गोरखा क्षेत्र नं १ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सुधन गुरुङले प्रारम्भिक अग्रता लिनुभएको छ । गुरुङले ७९९ मत प्राप्त गर्नुभएको छ । नेपाली कांग्रेसका प्रेमकुमार खत्रीले ४२१ मत प्राप्त गर्दा नेपाली कम्युनिष्ट पार्टीका हरिराज अधिकारीले ३७४ मत प्राप्त गर्नुभएको छ ।

नेपालमा प्रतिनिधिसभा सदस्य निर्वाचनः रास्वपाका ५६ उम्मेदवार विजयी

काठमाडौँ । प्रतिनिधिसभा सदस्य निर्वाचनको जारी मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) हालसम्म ५६ क्षेत्रमा विजयी भएको छ । शनिबार साँझ ५:३० बजेसम्मको परिणामअनुसार रास्वपाका उम्मेदवारले ६५ निर्वाचन क्षेत्रमा अग्रता हासिल गरिरहनुभएको छ । निर्वाचन आयोगका अनुसार हालसम्म ७१ स्थानको मतगणना सार्वजनिक भएकामा नेपाली कांग्रेसले नौ क्षेत्रमा जित हासिल गरेको छ भने नौ स्थानमा अगाडि रहेको […]

यी हुन् हालसम्म निर्वाचित पाँच महिला उम्मेदवार

काठमाडौँ । प्रतिनिधिसभा सदस्य निर्वाचनको जारी मतगणनामा हालसम्म पाँच स्थानमा महिला उम्मेदवार विजयी भएका छन् । निर्वाचन आयोगका अनुसार काठमाडौँ– १ मा राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का रञ्जु न्यौपाने १५ हजार ४५५ मत प्राप्त गरी विजयी भएकी छन् । साथै मोरङ–६ मा रास्वपाका रुविना आचार्य ५५ हजार ५१३ मत, कास्की–३ मा रास्वपाका बिना गुरुङ ३७ हजार ७५० […]

‘मिलारेपा’ नाटक मञ्चनका लागि बेलायत आए निर्देशक बुद्धि तामाङ

लन्डन ७ मार्च २०२६ । चर्चित हास्य कलाकार बुद्धि तामाङ बेलायत आएका छन् । ‘मिलारेपा’नाटक मञ्चनमा भाग लिन कलाकार तामाङ शुक्रबार बेलाइत आइपुगेको बीसीसी यूके आमा प्रमुख शारदा गुरुङले जानकारी दिए । उनका अनुसार कलाकार तामाङसँगै गुरुङ कोसिस लोब्साङ वाइबा पनि बेलायत आएका छन् । कलाकार र लामा गुरुको स्वागतका लागि बीसीसी यूकेका अध्यक्ष आङ्दावा […]

नेपालमा प्रतिनिधिसभा निर्वाचन परिणाम : रास्वपा २९, कांग्रेस ५, नेकपा र एमाले २/२ स्थानमा निर्वाचित

काठमाडौं । नेपालमा प्रतिनिधिसभा निर्वाचन परिणामको मत परिणाम सार्वजनिक हुने क्रम जारी छ । शनिबार बिहान ११ बजेसम्मको मत परिणामअनुसार रारास्वपा २९, कांग्रेस ५, नेकपा र एमाले २/२ स्थानमा निर्वाचित भएका छन् । मतगणना भइरहेको निर्वाचन क्षेत्रमध्ये रास्वपा ८८, नेकपा १०, कांग्रेस र एमाले ९/९ स्थानमा अगाडि देखिएको छ । यस्तै श्रम संस्कृति पार्टी ५ […]

भारी मतान्तरसहित म्याग्दीमा महाविर पुन निर्वाचित

म्याग्दी । म्याग्दीबाट निवर्तमान शिक्षा विज्ञान तथा प्रविधिमन्त्री डा महाविर पुन प्रतिनिधिसभा सदस्य निर्वाचनमा निर्वाचित भएका छन् । बाइस हजार ८५० मतका साथ पुन निर्वाचित भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । उनका निकटतम प्रतिस्पर्धी नेकपा (एमाले)का हरिकृष्ण श्रेष्ठले सात हजार ९१९ मत प्राप्त गर्नुभएको मुख्य निर्वाचन अधिकृत सूर्यबहादुर थापाले जानकारी दिए । नेपाली […]

नेपालमा प्रतिनिधिसभा निर्वाचनमा २४ क्षेत्रको मतपरिणाम सार्वजनिक, रास्वपाका धेरै उम्मेदवार निर्वाचित

काठमाडौं । नेपालमा प्रतिनिधिसभा निर्वाचन परिणाम सार्वजनिक हुने क्रममा रास्वपाले अग्रता कायम गरेको छ । शनिबार बिहान ६ बजेसम्मको मतपरिणाम अनुसार रास्वपाले १६ ठाउँमा जित हासिल गरेको छ । कांग्रेस ५, नेकपा २ र एमाले १ स्थानमा विजयी भएको छ । बिहीबार १ सय ६५ निर्वाचन क्षेत्रमा भएको निर्वाचनमा भएको मतदानमा केही क्षेत्रबाहेक गणना भइरहेको […]

यूरोपमा रहेका नेपालीलाई प्रवचन दिँदै मनोक्रान्ति प्रणेता डा. योगी विकाशानन्द

लन्डन । मनोक्रान्तिका प्रणेता गुरु डा. योगी विकाशानन्दले बेलायतलगायत यूरोपका विभिन्न रास्ट्रहरुमा बसोबास गर्ने नेपालीलाई प्रवचन दिने भएका छन् । डा.योगी विकाशानन्दले यही मार्च ८ तारिख यूके समय बिहान ७ बजेबाट ९ बजेसम्म जुममार्फत लाइभ प्रवचन दिने भएका छन् । विगत कोरोनाकालदेखि पटकपटक प्रवचन दिँदै आएका योगीले अहिले केही महिनायता प्रत्येक आइतबार प्रवचन दिँदै आएका […]

यी हुन् राष्ट्रिय स्वतन्त्र पार्टीले जितेका ११ क्षेत्र, को को ?

काठमाडौँ । प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत जारी पछिल्लो मतगणनाअनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले ११ क्षेत्रमा जित निकालेका छन् । उक्त दलले काठमाडौंका अधिकांश क्षेत्रमा जित निकालेको छ । पछिल्लो जित धनुषा–३ मा मनिष झाले निकालेका छन् । उनले ४३ हजार १४२ मत प्राप्त गरी निर्वाचित भएका हुन् । निर्वाचन आयोगका अनुसार गणना भइरहेका १५६ निर्वाचन […]

कालीकोटमा नेपाली कम्युनिष्ट पार्टीका शाही विजयी

कर्णाली । कालीकोटमा नेपाली कम्युनिष्ट पार्टीका उम्मेदवार महेन्द्रबहादुर शाही विजयी हुनुभएको छ । प्रतिनिधिसभा सदस्य पदका लागि बिहीबार सम्पन्न निर्वाचनको परिणाम अनुसार शाहीले ११ हजार ३३८ मत प्राप्त गरी विजयी हुनुभएको हो । उहाँका निकटतम् प्रतिस्पर्धी नेकपा (एमाले)का नगेन्द्र शाहीले १० हजार ३५२ मत प्राप्त गर्नुभएको थियो । नेपाली कांग्रेसका हर्षबहादुर बमले सात हजार ९३३ […]

कास्की-३ मा राष्ट्रिय स्वतन्त्र पार्टीकी बिना गुरुङ विजयी

गण्डकी । कास्की क्षेत्र नं ३ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का बिना गुरुङ विजयी बन्नुभएको छ । बिहीबार सम्पन्न प्रतिनिधिसभा सदस्यको निर्वाचनमा गुरुङले ३७ हजार ७५० मत सहित विजयी बन्नुभएको मुख्य निर्वाचन अधिकृतको कार्यालय कास्कीले जनाएको छ । निर्वाचनमा नेपाली कांग्रेसका मनोज गुरुङ १२ हजार ७८० मत सहित दोस्रो बन्नुभयो भने नेकपा (एमाले)का दामोदर बैरागी […]

error: Content is protected !!