बेलायतमा नेपाली विद्यार्थीको मृत्यु, शव नेपाल पठाउन सहयोगको अपिल

लन्डन । बेलायतमा नेपाली विद्यार्थीको मृत्यु भएको छ । उच्च शिक्षाका लागि बेलायत आएकी २९ वर्षीया सिर्जना भुजेलको क्यान्सरका कारण शनिबार निधन भएको हो । उनको शरीर नेपाल लैजान सहयोग गर्न उनका आफन्तजनले अनुरोध गरेका छन् । साविक बाग्लुङ जिल्ला, हुग्दीसीर, बराहकोट निवासी कृष्ण बहादुर भुजेलकी बुहारी तथा कुमार भुजेलकी श्रीमती (हाल बसोबास रुद्रपुर, हरैया, […]

एनआरएनए प्रतिनिधिमण्डलले भेट्यो नेपाल पर्यटन बोर्डका सीईओ

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) का अध्यक्ष डा. हेमराज शर्माको नेतृत्वमा गएको प्रतिनिधिमण्डलले नेपाल पर्यटन बोर्ड (NTB) का प्रमुख कार्यकारी अधिकृत (सिईओ) दीपकराज जोशीसँग भेट गरेको छ। आइतबार ५ अप्रिलमा भएको भेटमा नेपाल र नेपाली पर्यटन प्रवर्द्धन, सांस्कृतिक महोत्सव, र दीर्घकालीन सहकार्यका विषयमा छलफल भएको छ। यस्तै पर्यटन प्रवर्द्धन, नेपाल महोत्सव, नेपाल हाउस, र […]

एनआरएनए यूकेका पूर्वउपाध्यक्ष डा नारायणदत्त कँडेल महान्याधिवक्तामा नियुक्त

काठमाडौँ । गैर आवासीय नेपाली संघ (एनआरएनए) यूकेका पूर्वउपाध्यक्ष तथा अधिवक्ता डा नारायणदत्त कँडेल महान्याधिवक्तामा नियुक्त भएका छन् । नेपालका राष्ट्रपति रामचन्द्र पौडेलले अधिवक्ता डा नारायणदत्त कँडेल (बागलुङ) लाई महान्याधिवक्तामा नियुक्त गरेका छन् । राष्ट्रपतिको कार्यालयका अनुसार नेपालको संविधानको धारा १५७ को उपधारा २ बमोजिम प्रधानमन्त्री वालेन्द्र शाहको सिफारिसमा उनलाई आइतबार नियुक्त गरिएको हो । […]

मुन्दुम ज्ञान प्रणालीलाई युनेस्को अमूर्त सम्पदासूचीमा सूचीकरण गर्न माग

काठमाडौं । किरात राई प्रज्ञा परिषद्ले मुन्दुम ज्ञान प्रणालीलाई युनेस्को अमूर्त सम्पदासूचीमा सूचीकरण गर्न माग गरेको छ । किरात राई प्रज्ञा परिषद्को आयोजना र नेपाल प्रज्ञा–प्रतिष्ठानको सहकार्यमा शनिबार काठमाडौंमा सम्पन्न दुई दिने ‘मुन्दुम ज्ञान प्रणाली विषयक छैटौं प्राज्ञिक संगोष्ठी–२०८२’ पछि यलाखोम घोषणापत्र जारी गर्दै उक्त माग सार्वजनिक गरेको छ । ‘किराती समाजमा हजारौं वर्षदेखि सामूहिक […]

नेपालमा अब सरकारी कार्यालय र शैक्षिक संस्थामा हप्तामा शनिबार र आइतबार बिदा

काठमाडौं । नेपाल सरकारले अब हप्तामा शनिबार र आइतबार बिदा दिने भएको छ । मन्त्रिपरिषद्को आइतबार बसेको बैठकले खाडी युद्धले पेट्रालियम पदार्थ आपूर्तिमा असहजता उत्पन्न भएपछि भोली सोमबार चैत २३ गतेदेखि लागू हुनेगरी सरकारी कार्यालय र शैक्षिक संस्थामा हप्तामा दुई दिन बिदाको निर्णय गरेको सरकारका प्रवक्ता सस्मित पोखरेलले जानकारी दिए । उनले डिजेल तथा पेट्रोलियम […]

नेपालमा सात हजारभन्दा बढी ‘अनलाइन’ सट्टेबाजी ‘एप’ र ‘वेबसाइट’ बन्द

काठमाडौँ । ‘अनलाइन’ सट्टेबाजीसँग सम्बन्धित सात हजारभन्दा बढी ‘एप्लिकेसन (एप)’ र ‘वेबसाइट’ (युआरएल) बन्द भएका छन् । सरकारको शासकीय सुधारसम्बन्धी निर्णय कार्यान्वयनका क्रममा नेपाल दूरसञ्चार प्राधिकरणले ‘इन्टरनेट’ सेवा प्रदायकसँगको समन्वयमा वेबसाइट र एप बन्द गरेको हो । नेपाल दूरसञ्चार प्राधिकरणका उपनिर्देशक सूर्यप्रसाद लामिछानेका अनुसार अवैध रूपमा सञ्चालनमा रहेका सट्टेबाजीसम्बन्धी एप तथा वेबसाइटहरू पहिचान गरी बन्द […]

नेपालको प्रतिनिधिसभा सभामुखमा डोलप्रसाद अर्याल निर्विरोध निर्वाचित

काठमाडौँ ५ अप्रिल २०२६। नेपालको प्रतिनिधिसभा सभामुखमा डोलप्रसाद अर्याल निर्विरोध निर्वाचित भएका छन् । प्रतिनिधिसभाको आइतबारको बैठकमा अध्यक्षता गरेका ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले सभामुख पदमा एक मात्र उम्मेदवारी परेकोले अर्याल सभामुखमा निर्वाचित भएको घोषणा गरेका हुन् । त्यसअघि राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सभामुख पदका लागि सोही दलका सांसद अर्यालको नाम प्रस्ताव गरेका थिए […]

मगर संघ यूकेका पूर्वअध्यक्ष डा.दूत पुन मगरसहित ३ जना सम्मानित

लन्डन ५ अप्रिल २०२६ । मगर संघ यूकेका पूर्वअध्यक्ष डा.दूत पुन मगर (चिम्खोले काइँला)सहित ३ जना सम्मानित भएका छन् । मगर संघ यूकेको शनिबार बेलायतको फार्नबोरोस्थित क्रिष्ट चर्चमा आयोजित वार्षिक साधारणसभाका क्रममा हालै विद्यावारिधि हासिल गरेका पूर्वअध्यक्ष डा.पुन, रेडिङ शाखाको अध्यक्षमा पुन: निर्वाचित सोब रेगामी मगर र विन्चेस्टर इष्ट्ली तथा साउथ ह्याम्पसायर शाखाका अध्यक्ष मेख […]

नेपालमा आइतबारदेखि मतदाता नामावली सङ्कलन

काठमाडौँ ५ अप्रिल २०२६ । प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि स्थगित गरिएको मतदाता नामावली सङ्कलनको काम आइतबारदेखि सुरु हुने भएको छ । निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि भन्दै गत मङ्सिर ६ गतेदेखि नामावली सङ्कलन कार्य स्थगित गरेको थियो । आयोगको यही चैत १८ को बैठकले मतदाता नामावली सङ्कलनको काम सुरु गर्ने निर्णय गरेको हो । […]

मगर संघ युकेको वार्षिक साधारणसभा सम्पन्न

एभरेष्ट टाईम्स संवाददाता ४ अप्रिल २०२६ – बेलायत । मगर संघ युकेको वार्षिक साधारणसभा बेलायतको फार्नबोरोस्थित क्रिष्ट चर्चमा भव्यताका साथ सम्पन्न भएको छ। सभाको पहिलो चरणमा सुरक्षासम्बन्धी जानकारी, आसन ग्रहण, दीप प्रज्वलन तथा नेपाल र बेलायतको राष्ट्रिय गान प्रस्तुत गरिएको थियो। कार्यक्रममा दिवङ्गत आत्माहरूको चिरशान्तिको कामना गर्दै दुई मिनेट मौनधारण गरिएको थियो भने सोही अवसरमा […]

मगर संघ युके ‘ब्रन्ज’ लिन ग्यारिजन अफिसर मेस अल्डरसटमा

४ अप्रिल २०२६ – बेलायत । मगर संघ युकेका पदाधिकारी तथा सदस्यहरू ‘ब्रन्ज’ (Brunch) ग्रहण गर्नका लागि अल्डरसटस्थित ग्यारिजन अफिसर मेसमा पुगेका छन्। संघका सल्लाहकार मेजर सुरेश थापा मगरको विशेष निमन्त्रणामा उक्त ब्रन्ज लिन संघको टोली त्यहाँ पुगेको हो। ब्रन्ज ग्रहण गरेपछि आयोजित एक संक्षिप्त औपचारिक कार्यक्रममा मगर संघ युकेका अध्यक्ष पुन मगरले मेजर सुरेश […]

error: Content is protected !!