
विशेष विमानबाट नयाँदिल्ली फर्किए भारतीय प्रधानमन्त्री मोदी
काठमाडौँ । भारतका प्रधानमन्त्री नरेन्द्र मोदी नेपालको दुई दिने राजकीय भ्रमण पूरा गरी शनिबार अपराह्न विशेष विमानबाट नयाँदिल्ली फर्किएका छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अतिविशिष्ट कक्षमा उनलाई परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले बिदाई अभिवादन गरेका थिए ।










