अमेरिकासँग दूरी, युरोपतर्फ बेलायतको झुकाव

लन्डन । इरानसँगको युद्ध र त्यससँग जोडिएको कूटनीतिक तनावले अमेरिकासँग बेलायतको परम्परागत ‘विशेष सम्बन्ध’ मा चिसोपना ल्याएपछि बेलायतले पुनः युरोपेली सङ्घ (इयु) तर्फ नजिकिने रणनीति तीव्र बनाएको छ । सरकार आगामी महिना नयाँ कानूनमार्फत् युरोपसँगको सम्बन्ध पुनर्संरचना गर्ने तयारीमा पुगेको छ, जसलाई बदलिँदो अन्तर्राष्ट्रिय शक्ति सन्तुलनको सन्दर्भमा महत्त्वपूर्ण कदमका रूपमा हेरिएको छ । प्रधानमन्त्री किर […]
कलाकार दीपक थापा मगरको उपचारका लागि बेलायतमा सरु राना गुरुङको पहलमा डेढ लाख सहयोग संकलन

लन्डन । नेपाली राष्ट्रिय कलाकार दीपक थापा मगरको उपचारका लागि बेलायतमा सरु राना गुरुङको पहलमा डेढ लाख रुपैयाँ सहयोग संकलन भएको छ । गायक, संगीतकार, संगीत संयोजक साथै (द प्रिज्म) ब्याण्डका संस्थापक सदस्य दीपकको मिर्गौला प्रत्यारोपणमा सहयोग पुर्याउने उद्देश्यले सरुले आफन्त, साथीभाइ र तमु समाजका दाइ, दिदीबाट बेलायती मुद्रा ७५३.६३ (नेपाली एक लाख ५० हजार […]
मंगल बुद्ध बिहार यूकेले मे २ मा २६५० औं बुद्ध जयन्ती समारोह आयोजना गर्ने

लन्डन १९ अप्रिल २०२६ । मंगल बुद्ध बिहार यूकेले आगामी मे २ मा २६५० औं बुद्ध जयन्ती समारोह आयोजना गर्ने भएको छ । मंगल बुद्ध बिहार यूकेको आयोजना र मगर बुद्धिष्ट सोसाइटी यूकेको सहआयोजनामा हरो बरो फुटबल क्लबमा बुद्ध जयन्ती समारोह हुन लागेको हो । कार्यक्रममा त्रिरत्न बिहार धरान नेपालकी अनागारिका आभासवति गुरुमा, लन्डन माइन्ड […]
राजदूत रोर्वट फेन भन्छन् – ‘बेलायतीहरू नेपाली भौगोलिक र सांस्कृतिक विविधताप्रति मोहित छन्’

काठमाडौं । नेपालका लागि बेलायती राजदूत रोर्वट फेनले बेलायतमा नेपाल पहिल्यै लोकप्रिय भएको बताउनुभएको छ । पहिलो अन्तर्राष्ट्रिय आरोग्य दिवसका अवसरमा परराष्ट्र मन्त्रालयले शनिबार आयोजना गरेको हात्तीवन–चम्पादेवी पदमार्गमा ‘आरोग्य पदयात्रा’ पछि राजदूत फेनले उक्त धारणा राख्नुभएको हो । उहाँले बेलायतीहरूमा नेपालबारे जान्न चाहने र नेपाली भौगोलिक र सांस्कृतिक विविधताप्रति मोहित भएको समेत बताउनुभयो । अन्तर्राष्ट्रिय […]
बेइजिङमा आयोजित हाफ–म्याराथनमा रोबोटले तोड्यो मानव कीर्तिमान

बेइजिङ । चीनको तीव्र गतिमा अघि बढिरहेको प्रविधि विकासलाई झल्काउने घटनामा बेइजिङमा आयोजित हाफ–म्याराथनमा एक मानवाकृति रोबोटले मानव विश्व कीर्तिमान नै उछिन्दै ऐतिहासिक सफलता हासिल गरेको छ । यस उपलब्धिले खेलकुद र कृत्रिम बौद्धिकताको सङ्गममा नयाँ युग सुरु भएको सङ्केत दिएको छ । बेइजिङ इकोनोमिक–टेक्नोलोजिकल डेभलपमेन्ट एरिया (बेइजिङ ई–टाउन) बाट सुरु भएको २१ किलोमिटरको दौड […]
एनआरएनए यूकेकी पूर्वअध्यक्ष पुनम गुरुङ ‘मिस वेल्स-२०२६’ को निर्णायकमा मनोनीत

लन्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) यूकेकी महिला पहिलो अध्यक्ष एवं तमु धीं यूकेकी संस्थापक आमा समूह अध्यक्ष पुनम गुरुङ ‘मिस वेल्स-२०२६’ को निर्णायकमा मनोनीत भएकी छन् । सन् २०२३ मा ‘मिस वेल्स विउटी विथ अ पर्पोज’मा पनि निर्णायकको भूमिका निभाएकी गुरुङलाई आयोजकले फेरि ‘जज’मा मनोनीत गरेको हो । मिस वेल्सकै इतिहासमा नेपाली मूलबाट निर्णायकको […]
जीआरएनसी यूकेका पूर्वअध्यक्ष बेल्वासे फेरि बने काउन्सिलर उम्मेदवार

लन्डन । ग्रेटर रसमोर नेपलिज कम्युनिटी (जीआरएनसी) यूकेका पूर्वअध्यक्ष जीवनारायण बेल्वासे फेरि काउन्सिलर उम्मेदवार बनेका छन् । रसमोर बरोअन्तर्गत म्यानोर पार्क वार्डमा विगत २५ वर्षदेखि बस्दै आएका बेल्वासे कन्जरभेटिभका काउन्सिलर उम्मेदवार बनेका हुन् । बेलायतमा आगामी ७ मे २०२६ मा स्थानीय निर्वाचन हुँदैछ । बेल्वासे वेलिङटन वार्डबाट काउन्सिलर जितेर सन् २०२१ देखि २०२४ सम्म जिम्मेवारी […]