बेलायतमा आज २५७० औं बुद्ध जयन्ती मनाइँदै, बीसीसी यूके, बुद्धिस्ट गुम्बा रेडिङलगायतको कार्यक्रम

लन्डन । बेलायतमा बुद्धिष्ट कम्युनिटी सेन्टर (बीसीसी) यूके, बुद्धिस्ट गुम्बा रेडिङलगायत संस्थाले आज २५७० औं बुद्ध जयन्ती मनाउँदै छन् । बीसीसी यूकेले धार्मिक पूजापाठसहित मे १ शुक्रबार अल्डरसटस्थित एम्पायर हल र बुद्धिस्ट गुम्बा रेडिङले ल्हात्से टुल्कु रिम्पोछेलगायत गुरुहरुको उपस्थितिमा आफ्नै गुम्बामा बुद्ध जयन्ती मनाउन लागेका हुन् । बीसीसी यूकेको कार्यक्रमका लागि काठमाडौं बौद्धस्थित सेचेन गुम्बाका […]
तमु धीं यूकेका पूर्वअध्यक्ष मेजर मेजर लालबहादुर (एलबी) गुरुङको निधन

लन्डन । तमु धीं यूकेका पूर्वअध्यक्ष मेजर लालबहादुर गुरुङ (एलबी)को ७६ वर्षको उमेरमा निधन भएको छ । कास्कीको मादी गाउँपालिका – १, खिलाङ पुर्ख्यौली घर भई बेलायतको फानबोरोमा बस्दै आएका भूपू मेजर लालबहादुरको २९ अप्रिलमा निधन भएको तमु धीं यूकेका संस्थापक अध्यक्ष मिनप्रसाद गुरुङले जानकारी गराएका छन् । उनी लामो समयदेखि अस्वस्थ थिए । बहुआयामिक […]
कनुङ बुद्ध बिहारमा २५७०औँ बुद्ध जयन्ती मनाइयो

सञ्जय हाङ मगर नवलपरासी । कनुङ बुद्ध बिहारमा २५७०औँ बुद्ध जयन्ती हर्षोल्लास तथा श्रद्धाभावका साथ भव्य रूपमा मनाइएको छ । भगवान बुद्धको जन्म, ज्ञान प्राप्ति तथा महापरिनिर्वाणको पावन अवसरमा विशेष कार्यक्रम आयोजना गरिएको थियो । कार्यक्रममा ठूलो संख्यामा श्रद्धालु भक्तजन, स्थानीय बासिन्दा, भिक्षुहरू तथा अतिथिहरूको उत्साहजनक सहभागिता रहेको थियो । समारोहमा पूजा–आराधना, बुद्ध वन्दना, दीप […]
एनआरएन ऐन संशोधन मस्यौदाका केही प्रावधानप्रति एनआरएनए यूकेको गम्भीर ध्यानाकर्षण

लन्डन । प्रेम गाहा मगर नेतृत्वको गैरआवासीय नेपाली संघ (एनआरएनए) यूकेले प्रस्तावित गैरआवासीय नेपाली (एनआरएन) ऐन संशोधन मस्यौदामा देखिएका केही प्रावधानप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। साथै, प्रवासी नेपालीसँग सम्बन्धित मुद्दाहरूलाई संवाद र सहकार्यबाट समाधान गर्नुपर्नेमा जोड दिँदै बेलायतबाट सचेतनामूलक अभियान सुरु गर्ने संकेत गरेको छ। एनआरएनए यूकेका अनुसार मस्यौदामा समेटिएका कतिपय प्रावधानहरू ‘एक पटकको […]