शिवपुरी मध्यवर्ती क्षेत्रका वन्यजन्तुबाट प्रभावित नुवाकोटका किसानलाई बाँडियो

नुवाकोट । शिवपुरी–नागार्जुन राष्ट्रिय निकुन्जअन्तर्गत शिवपुरी–चिसापानी मध्यवर्ती उपभोक्ता समितिमार्फत बुधबार शिवपुरी मध्यवर्ती क्षेत्रका वन्यजन्तुबाट प्रभावित किसानहरूलाई राहत रकम वितरण गरिएको छ । बाँदर, बँदेल तथा अन्य वन्यजन्तुबाट बालीमा क्षति पुर्याएपछि पीडित बनेका वडा नं. १, २ र ३ का किसानलाई आर्थिक वर्ष २०८२/०८३ को अन्तिममा राहत रकम वितरण गरिएको हो । वडा नम्बर १ का […]
तमु समाज यूकेले गुरुङ चलचित्र ‘मार्कली’को बेलायतमा विशेष प्रदर्शन गराउँदै

लन्डन । गुरुङ भाषा, संस्कार, संस्कृति, परम्परा तथा पहिचानलाई जीवन्त रूपमा प्रस्तुत गरिएको बहुप्रतीक्षित गुरुङ चलचित्र ‘मार्कली’को विशेष (भीआईपी) प्रदर्शन बेलायतमा हुने भएको छ। तमु समाज यूकेले चलचित्रको विशेष प्रदर्शन छिट्टै आयोजना गर्न लागेको जानकारी दिएको हो । चलचित्रले गुरुङ समुदायको मौलिक संस्कृति, पारिवारिक सम्बन्ध, सामाजिक मूल्य र पहिचानलाई भावनात्मक तथा सशक्त ढंगले चित्रण गरेको […]
नेपालका पूर्वप्रधानमन्त्री प्रचण्ड एसियाली संवादमा सहभागी हुन श्रीलंका प्रस्थान

काठमाडौं । नेपालका पूर्वप्रधानमन्त्री तथा नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ बुधबार श्रीलंका प्रस्थान गरेका छन्। कम्युनिस्ट, समाजवादी, प्रगतिशील तथा वामपन्थी शक्तिहरूको अन्तर्राष्ट्रिय सञ्जाल इन्टरनेशनल पिपुल्स एसेम्बलीको आयोजनामा श्रीलंकाको कोलम्बोमा जुलाई १६ देखि १८, २०२६ सम्म आयोजना हुने “द एसियन डाइलग अन रिजनल स्टाबिलिटी एन्ड एकोनोमिक रेजिलियन्स”मा सहभागी हुन प्रचण्ड त्यसतर्फ लागेका हुन् । […]
नेपाल पत्रकार महासंघ यूकेको नाम र लोगो दुरुपयोगप्रति आपत्ति, कानुनी कारबाहीको चेतावनी [विज्ञप्तिसहित]

लन्डन । नेपाल पत्रकार महासंघ यूके शाखाले आफ्नो आधिकारिक नाम, लोगो तथा मिल्दोजुल्दो नक्कली इमेल प्रयोग गरी केही व्यक्तिहरूले भ्रामक सूचना, समाचार र कार्यक्रम सार्वजनिक गरिरहेकोप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । अध्यक्ष विमला सेने र महासचिव खेमराज रानाभाटले प्रेस विज्ञप्ति जारी गर्दै केही समययता संस्थाको आधिकारिक लोगो प्रयोग गरी तथाकथित तदर्थ समिति घोषणा गर्ने, […]
आँधीखोला सेरोफेरो तमु समाज यूकेको वार्षिक भेटघाट १८ जुलाईमा, को को छन् कलाकार ?

लन्डन । आँधीखोला सेरोफेरो तमु समाज यूकेले आफ्नो वार्षिक भेटघाट कार्यक्रम आगामी शनिबार, १८ जुलाई २०२६ मा आयोजना गर्ने भएको छ । कार्यक्रम प्यालेस रेस्टुरेन्ट अल्डरसटमा दिउँसो १२ बजेदेखि राति १० बजेसम्म सञ्चालन हुने आयोजकले जनाएको छ । समाजले स्याङ्जा जिल्लाको साविक आँधीखोला गाउँ विकास समितिअन्तर्गतका विभिन्न गाउँबाट बेलायतमा बसोबास गरिरहेका तथा तिनका परिवारलाई कार्यक्रममा […]