तमु समाज यूकेले गुरुङ चलचित्र ‘मार्कली’को बेलायतमा विशेष प्रदर्शन गराउँदै

SHARE:

लन्डन । गुरुङ भाषा, संस्कार, संस्कृति, परम्परा तथा पहिचानलाई जीवन्त रूपमा प्रस्तुत गरिएको बहुप्रतीक्षित गुरुङ चलचित्र ‘मार्कली’को विशेष (भीआईपी) प्रदर्शन बेलायतमा हुने भएको छ।

तमु समाज यूकेले चलचित्रको विशेष प्रदर्शन छिट्टै आयोजना गर्न लागेको जानकारी दिएको हो । चलचित्रले गुरुङ समुदायको मौलिक संस्कृति, पारिवारिक सम्बन्ध, सामाजिक मूल्य र पहिचानलाई भावनात्मक तथा सशक्त ढंगले चित्रण गरेको जनाइएको छ।

समाजले चलचित्रमार्फत गुरुङ भाषा र संस्कृतिको संरक्षण तथा प्रवर्द्धनमा महत्त्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरेको छ। चलचित्र प्रदर्शनको मिति, समय, स्थान तथा टिकटसम्बन्धी विस्तृत जानकारी भने छिट्टै सार्वजनिक गरिने तमु समाज यूकेले जनाएको छ। साथै आयोजकले चलचित्र तथा गुरुङ भाषा–संस्कृतिको प्रवर्द्धनका लागि सूचनालाई सामाजिक सञ्जालमार्फत बढीभन्दा बढी साझा (सेयर) गर्न सबैमा अनुरोध गरेको छ।

पाइला फिल्म प्रालिको व्यानरमा निर्मित चलचित्र मार्कलीको लेखन तथा निर्देशन माओत्से तुङ गुरुङ र बलबहादुर गुरुङले गरेका छन् । सहनिर्देशन भने अर्जुन गुरुङको रहेको छ ।

यो चलचित्र निर्माताहरुमा रामबहादुर गुरुङ (हङकङ), रक्षा गुरुङ (हङकङ), भिमबहादुर गुरुङ (हङकङ), प्रदीपकुमार गुरुङ, राजु गुरुङ, बलबहादुर गुरुङ, ईश्वर गुरुङ (महेन्द्र)र सुनिता गुरुङ रहेका छन् ।

चलचित्रमा अभिनय बलबहादुर गुरुङ, गणेशमान घले, आश्मी गुरुङ, बबिता गुरुङको रहेको छ ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!