हिमपहिरोमा मृत्यु भएका निर्मल पुर्जासहितको सम्झनामा मंगलबार एनआरएनए यूकेको श्रद्धाञ्जलीसभा

लन्डन । प्रेम गाहा मगर नेतृत्वको गैरआवासीय नेपाली संघ (एनआरएनए) यूकेले विश्वप्रसिद्ध नेपाली पर्वतारोही निर्मल पुर्जा ‘निम्स दाइ’ तथा ब्रोड पिक हिमपहिरो दुर्घटनामा ज्यान गुमाएका अन्य आरोहीहरूको सम्झनामा मंगलबार श्रद्धाञ्जलीसभा आयोजना गर्ने भएको छ । श्रद्धाञ्जली सभा अल्डरसटस्थित प्रिन्सेस गार्डेनमा साँझ ५:३० देखि ८ बजेसम्म सञ्चालन हुने एनआरएनए यूकेका वरिष्ठ उपाध्यक्ष तथा कार्यक्रम संयोजक तीर्थबहादुर […]
निर्मल पुर्जा ‘निम्स दाइ’को चितवन रामनगरस्थित परिवार र विद्यालयका शिक्षक शोकमा

चितवन । हिमपहिरोमा परी निधन भएका कीर्तिमानी पर्वतारोही निर्मल पुर्जा ‘निम्स दाइ’को रामनगरस्थित घरका परिवार, छिमेकी र उहाँले अध्ययन गर्नुभएका विद्यालयका शिक्षक शोकमा परेका छन् । पाकिस्तानको ‘ब्रोड पिक’ हिमालमा गएको हिमपहिरोमा परी उहाँको निधनपछि भरतपुर महानगरपालिका-१ रामनगरस्थित परिवारका सदस्य, छिमेकी र अध्ययन गर्नुभएको स्मल हेभनका शिक्षक शोकमा परेका हुन् । सिङ्गो चितवन, देश र […]
भव्य बन्यो लमजुङ समाज यूकेको समर पार्टी तथा च्यारिटी डिनर [हेरौं २५ फोटो]

लन्डन । लमजुङ समाज यूकेको समर पार्टी तथा हाउजिङ प्रोजेक्ट च्यारिटी डिनर २०२६ भव्य रुपमा सम्पन्न भएको छ । शनिबार १ अगस्टमा अल्डरसटस्थित अल्डरवुड लेजर सेन्टरमा आयोजित कार्यक्रम सांगीतिक प्रस्तुतिसहित सम्पन्न भएको हो । कार्यक्रम लमजुङ समाजका अध्यक्ष पूर्णराज गुरुङको अध्यक्षतामा र परशु गुरुङको संयोजकत्वमा भएको थियो । समाजको कार्यक्रम चर्चित कलाकारको साथमा विभिन्न सांगीतिक […]
नेपाल सरकारद्वारा ‘ब्रोड पीक’ हिम पहिरोमा परी निधन भएका ‘निम्स दाइ’सहित आरोहीप्रति दुःख व्यक्त

काठमाडौँ । नेपाल सरकारले विश्वको १२औँ अग्लो हिमाल ‘ब्रोड पीक’ आरोहणका क्रममा यही साउन १४ गते क्याम्प–२ बाट क्याम्प–३ जाने क्रममा गएको हिम पहिरोमा परी आरोहीहरूको निधन भएकोप्रति दुःख व्यक्त गरेको छ । परराष्ट्र मन्त्रालयले आइतबार विज्ञप्ति मार्फत उक्त दुर्घटनामा प्रख्यात आरोही निर्मल पुर्जा ‘निम्स दाइ’सहित नेपाली आरोहीहरू पुरबहादुर गुरुङ ‘युक्ता’, किली पेम्बा शेर्पा ‘किलु’, […]
तमु समाज सिड्नीको अध्यक्षमा समिता गुरुङ, को-को भए चयन ? [सूची]

अस्ट्रेलिया । तमु समाज सिड्नीको अध्यक्षमा समिता गुरुङ चयन भएकी छन् । १ अगस्ट २०२६ मा भएको समाजको वार्षिक साधारणसभाबाट समिताको नेतृत्वमा नयाँ कार्यसमिति चयन भएको हो । उक्त नयाँ कार्यसमितिको कार्यावधि २०२६-२०२८ सम्म हुनेछ ।
लमजुङ समाज यूकेको हाउजिङ प्रोजेक्टका लागि आमा समूहबाट १५ हजार पाउन्ड हस्तान्तरण

लन्डन । लमजुङ समाज यूकेको हाउजिङ प्रोजेक्टका लागि आमा समूहबाट १५ हजार पाउन्ड हस्तान्तरण गरिएको छ । लमजुङ समाज यूकेको शनिबार १ अगस्टमा अल्डरसटस्थित अल्डरवुड लेजर सेन्टरमा आयोजित वार्षिक समर पार्टी तथा हाउजिङ प्रोजेक्ट च्यारिटी डिनर –२०२६ को अवसरमा उक्त सहयोग रकम हस्तान्तरण गरिएको हो । लमजुङ आमा समूहकी अध्यक्ष तारा गुरुङले समालाई घर किन्न […]
विश्वप्रसिद्ध पर्वतारोही निर्मल पुर्जाको निधनप्रति बेलायती दूवतासाद्वारा दु:ख व्यक्त

लन्डन । विश्वप्रसिद्ध पर्वतारोही निर्मल पुर्जा एमबीई (निम्सदाइ)को ब्रोड पिक हिमाल आरोहणका क्रममा हिमपहिरोमा परी निधन भएको घटनाप्रति नेपालस्थित बेलायती दूतावासले दु:ख व्यक्त गरेको छ । शनिबार दूतावासले फेसबुकबाट सन्देश जारी गर्दै ब्रोड पिक अभियानका क्रममा ज्यान गुमाउने निर्मल पुर्जासहित सम्पूर्ण पर्वतारोहीप्रति श्रद्धाञ्जली व्यक्त गर्दै उनीहरूका परिवार, आफन्त तथा शुभेच्छुकप्रति गहिरो समवेदना प्रकट गरेको हो […]