लन्डन । लमजुङ समाज यूकेको समर पार्टी तथा हाउजिङ प्रोजेक्ट च्यारिटी डिनर २०२६ भव्य रुपमा सम्पन्न भएको छ ।
शनिबार १ अगस्टमा अल्डरसटस्थित अल्डरवुड लेजर सेन्टरमा आयोजित कार्यक्रम सांगीतिक प्रस्तुतिसहित सम्पन्न भएको हो । कार्यक्रम लमजुङ समाजका अध्यक्ष पूर्णराज गुरुङको अध्यक्षतामा र परशु गुरुङको संयोजकत्वमा भएको थियो ।
समाजको कार्यक्रम चर्चित कलाकारको साथमा विभिन्न सांगीतिक कार्यक्रमसहित राति अबेरसम्म चलेको थियो ।
कार्यक्रममा चर्चित गायिकाद्वय मञ्जु बिक र सम्झना भण्डारीको विशेष सांगीतिक प्रस्तुति रहने थियो ।
कार्यक्रममा नेपालबाट आएका विन्ध्यावासिनी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीका डाइरेक्टर ओमप्रसाद गुरुङलाई सम्मान प्रदान गरिएको थियो ।
सोही अवसरमा लमजुङ समाज यूकेको हाउजिङ प्रोजेक्टका लागि आमा समूहबाट १५ हजार पाउन्ड हस्तान्तरण गरिएको छ ।
वार्षिक समर पार्टी तथा हाउजिङ प्रोजेक्ट च्यारिटी डिनर –२०२६ को अवसरमा उक्त सहयोग रकम हस्तान्तरण गरिएको हो । लमजुङ आमा समूहकी अध्यक्ष तारा गुरुङले समालाई घर किन्न सहयोग गर्ने उद्देश्यले १५ हजार पाउन्ड रकम लमजुङ समाज यूकेका अध्यक्ष पूर्णराज गुरुङ, हाउजिङ संयोजक तथा संस्थापक अध्यक्ष चन्द्रप्रसाद गुरुङ तथा सम्पूर्ण टिमलाई औपचारिक रूपमा हस्तान्तरण गरिएकी हुन् । उक्त पुण्य कार्यमा योगदान गर्ने सम्पूर्ण दाताहरू, सहयोगीहरुलाई धन्यवाद ज्ञापन गरिएको छ ।











]











तस्बिर : दिलमाया गुरुङ तथा भोजबहादुर गुरुङको फेसबुक वालबाट






