अमेरिकाको कोलम्बसमा रहेका नेपालीबाट भोटेकोशी बाढीपीडितलाई नगद राहत

रसुवा । भोटेकोशी बाढीपीडितलाई नगद राहत वितरण गरिएको छ । गोसाइँकुण्ड गाउँपालिका–३ का १४२ तामाङ परिवारलाई दुई लाख ८४ नगद राहत वितरण गरिएको हो । बाढीका कारण ज्यान गुमाएका तथा बेपत्ता भएका व्यक्तिका परिवार र अन्य प्रभावितलाई तत्काल राहत पु¥याउने उद्देश्यले उक्त आर्थिक सहायता उपलब्ध गराइएको हो । अमेरिकाको ओहायो राज्यस्थित कोलम्बसमा बसोबास गर्दै आएका […]

आदिवासी जनजातिका अधिकार र जलवायु वित्तबारे युरोपेली संसद्को प्रतिनिधिमण्डलसँग छलफल

काठमाडौं । नेपाल आदिवासी जनजाति महासंघका अध्यक्ष निमा लामा ह्योल्मोले जलवायु परिवर्तन, जलवायुजन्य विपद्, जलवायु वित्त तथा आदिवासी जनजातिका अधिकारका विषयमा युरोपेली संसद्को प्रतिनिधिमण्डलसँग छलफल गरेका छन् । टर्कीको अन्ताल्यामा जारी संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तनसम्बन्धी सम्मेलनका अवसरमा भएको छलफलमा युरोपेली सांसद लिडिया पेरेइराको नेतृत्वमा रहेको प्रतिनिधिमण्डलसँग अध्यक्ष लामाले नेपालको जलवायु संकट र त्यसले हिमाली क्षेत्रमा […]

१० वर्षपछि दक्षिण कोरियामा हैजा, सुरक्षित पानी र स्वच्छ खानपानमा सतर्कता अपनाउन आग्रह

सोल । दक्षिण कोरियामा एक दशकपछि पहिलो पटक हैजाको सङ्क्रमण पुष्टि भएपछि स्वास्थ्य अधिकारीहरूले सुरक्षित पानी र स्वच्छ खानपानमा सतर्कता अपनाउन सर्वसाधारणलाई आग्रह गरेका छन् । कोरिया रोग नियन्त्रण तथा रोकथाम एजेन्सीका अनुसार दक्षिणपूर्वी बन्दरगाह सहर चाङ्गवोनमा बान्ता र पखालाको लक्षण देखिएपछि अस्पताल पुगेका एक व्यक्तिमा हैजा पुष्टि भएको हो । ती व्यक्ति उपचारपछि मङ्गलबार […]

संविधान र कानुनको व्यवस्था अनुसार निर्वाचन गरौं : प्रचण्ड

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी निर्वाचन स्वच्छ, निष्पक्ष, धाँधलीरहित र पारदर्शी हुनुपर्नेमा जोड दिएका छन्। निर्वाचन आयोगले आयोजना गरेको राष्ट्रिय मान्यता प्राप्त राजनीतिक दलहरूसँगको छलफलमा आफ्नो धारणा राख्दै उनले मतदाताले निर्वाध रूपमा मतदान गर्न पाउने वातावरण सुनिश्चित गर्नुपर्ने बताएका हुन्। संयोजक प्रचण्डले विगतका निर्वाचनमा मतगणना, मतपरिणाम र मतपेटिका व्यवस्थापनलगायतका विषयमा […]

मिर्गौला रोगबाट पीडित ३५ वर्षीया मुना थापालाई उपचार र खानपिनकै समस्या, सहयोगको आग्रह

ललितपुर । ललितपुरको गोदावरी नगरपालिका–६ की ३५ वर्षीया मुना थापा विगत पाँच वर्षदेखि मिर्गौला रोगबाट पीडित हुनुहुन्छ। लामो समयदेखि उपचार गराइरहनुभएकी उहाँलाई आर्थिक अभावका कारण उपचार र दैनिक खानपिनमा समेत समस्या परेको छ। मुना हाल धापाखेलस्थित सुमेरु अस्पतालमा डायलाइसिसलगायत उपचार गराइरहनुभएको छ। अस्पतालका मिर्गौला रोग विशेषज्ञ डा. विक्रम वीर बज्राचार्यका अनुसार उहाँलाई सीकेडी-भी र एचटीएनको […]

नेपालका प्रधानमन्त्री वालेन्द्र शाह आइतबार भारतको राजकीय भ्रमणमा नयाँदिल्ली जाँदै

काठमाडौँ । नेपाल प्रधानमन्त्री बालेन्द्र शाहले आगामी आइतबार भारतको राजकीय भ्रमणमा जाने भएका छन् । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा प्रधानमन्त्री शाहले भारतको द्विदिवसीय भ्रमण गर्न लागेका हुन् । परराष्ट्र मन्त्रालयका अनुसार उनी नेतृत्वको प्रतिनिधिमण्डल नेपाल वायुसेवा निगमको विमानबाट नयाँदिल्ली प्रस्थान गर्नेछ । प्रतिनिधिमण्डलमा अर्थमन्त्री डा स्वर्णिम वाग्ले, परराष्ट्रमन्त्री शिशिर खनाल, प्रधानमन्त्रीका प्रमुख सल्लाहकार कुमार […]

नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोलीले आगामी जुन १ मा स्कटल्यान्डसँग एकदिवसीय खेल खेल्दै भ्रमणको सुरुआत गर्ने

  लन्डन । नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोलीले सन् २०२७ मा इङ्ल्यान्ड भ्रमण गरी स्कटल्यान्ड, बङ्गलादेश र आयरल्यान्डसँग छ खेल खेल्ने भएको छ । नेपाल क्रिकेट सङ्घ (क्यान)ले बिहीबार काठमाडौँमा पत्रकार सम्मेलन गरी भ्रमणको खेलतालिका सार्वजनिक गरेको हो । भ्रमणका क्रममा नेपालले जुन १ मा स्कटल्यान्डसँग एकदिवसीय खेल खेल्दै भ्रमणको सुरुआत गर्नेछ । त्यसपछि जुन […]

error: Content is protected !!