काठमाडौं उपत्यकासहितका क्षेत्रहरुमा ३० वटा विद्युतीय बस सञ्चालन हुने, ९ महिनाभित्र बस खरिद गरिने

SHARE:

काठमाडौं । साझा यातायातले काठमाडौं उपत्यकासहितका क्षेत्रहरुमा ३० वटा विद्युतीय बस सञ्चालन गर्ने भएको छ । प्रदेश ३ को सरकारका साथै उपत्यकाका दुई महानगरसमेतको लगानीमा साझाले विद्युतीय बस चलाउने भएको हो ।

सोमबार प्रदेश ३ सरकार, काठमाडौं र ललितपुर महानगर र साझा यातायातबीच काठमाडौं उपत्यकामा विजुली बस सञ्चालन गर्ने सहमति भयो । कार्यक्रममा विद्युतीय बस खरिदका लागि प्रदेश ३ सरकारले ३० करोड र ललितपुर महानगरले २ करोड ५० लाख रुपैयाँ साझा यातायातलाई हस्तान्तरण गरे । काठमाडौं महानगरपालिकाले भने विद्युतीय बस सञ्चालनका लागि १० करोड रुपैयाँ लगानी गर्नेछ । बाँकी २ करोड ५० लाख रुपैयाँ साझा आफैले लगानी गर्ने बताएको छ । यि सबै जोड्दा ४५ करोड रुपैयाँ पुग्छ ।

यो रकमले ३० वटा विद्युतीय बस खरिद गर्न पुग्ने अनुमान रहेको साझाका कार्यकारी निर्देशक भुषण तुलाधरले बताए । ‘हामीले प्रारम्भिक प्रक्रिया शुरु गरिसकेका छौं, एउटा बस बराबर डेढ करोड रुपैयाँ खर्च हुने हाम्रो अनुमान छ’ कार्यकारी निर्देशक तुलाधारले भने, ‘प्रदेश सरकार, दुई महानगर र हाम्रो समेत गरी ४५ करोड लगानीमा ३० करोड बस खरिद गर्नेछौं ।

९ महिनाभित्र बस खरिद गरिने

साझाका कार्यकारी निर्देशक तुलाधरले विद्युतीय बस खरिद विषयमा समन्वय गर्न एक समन्वय समिति गठन हुने जानकारी दिए । प्रदेश सरकार, दुई महानगर र साझासमेतको प्रतिनिधित्व हुने गरी समिति गठन हुने र सो समितिले खरिदका लागि गर्नुपर्ने आवश्यक प्रक्रिया अघि बढाउने उनले बताए ।

कार्यकारी निर्देशक तुलाधरका अनुसार एकदेखि डेढ महिनाभित्र समिति गठन लगायतका सबै कामहरु सक्ने र त्यपछि टेण्डर आहृवान गर्ने योजना बनाइएको छ । हालसम्म ठ्याक्कै यस्तै बस ल्याउने भन्ने निर्णय भइनसकोको उनले बताए । ‘सबैको प्रतिनिधि सम्मिलित समन्वय समिति बनाउछौं, बस खरिदका लागि धेरै काम समितिको निर्णयअनुसार हुनेछ,’ उनले भने, ‘कति सिट क्षमता, कत्रो साइज सबै समितिमा छलफल गरिन्छ ।’

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!