हङकङको प्रदर्शनमा झडप

SHARE:

हङकङ .। हङकङका लोकतन्त्र पक्षधरहरूले आइतबार अन्तर्राष्ट्रिय विमानस्थल केन्द्रित प्रदर्शनलाई निरन्तरता दिएका छन् । विगत तेह्र सातादेखि सरकारी कदमविरुद्ध आन्दोलनमा उत्रेका प्रदर्शनकारीले आइतबार विमानस्थल पुग्ने सडक तथा सार्वजनिक यातायात अवरुद्ध पारेका छन् ।

सरकारले ल्याएको विवादास्पद सुपुर्दगी विधेयकको विरोधमा हङकङका मुख्य स्थानमा सुरु प्रदर्शन हाल लोकतन्त्रका विभिन्न मुद्दामा केन्द्रित छ । प्रदर्शनकारीले आन्दोलनबारे अन्तर्राष्ट्रिय समुदायको ध्यान केन्द्रित गर्नु आवश्यक भएको बताउँदै विमानस्थलकेन्द्रित विरोध गर्दै आएका छन् ।

पछिल्ला प्रदर्शनहरूमा हङकङकी कार्यकारी प्रमुख क्यारी लामको राजीनामा तथा प्रहरी दमनको स्वतन्त्र छानबिन माग गरिँदै आएको छ । सरकारले स्थगित गरिसकेको भए पनि सुपुर्दगी विधेयक फिर्ता हुनुपर्ने माग प्रदर्शनकारीको छ । आइतबारको प्रदर्शनपछि हङकङ विमानस्थलबाट हुने उडानहरू अवरुद्ध नभए पनि कतिपय उडान समयमा हुन सकेका छैनन् । समाचार संस्था रोयटर्सका अुनसार विमानस्थल वरपरबाट चल्ने रेलसेवा अवरुद्ध पूर्ण रूपमा अवरुद्ध छ ।

यसअघिका प्रहरी र प्रदर्शनकारीबीच भएका मुठभेडमा दर्जनौं घाइते भएका छन् । घाइतेमध्ये ५ जनाको अवस्था गम्भीर रहेको अस्पतालका अधिकारीले जनाएका छन् । अस्पतालमा भर्ना गरिएका ३१ मध्ये १८ जना घर फर्काइएका छन् ।

सडकमा आगो बालेका प्रशर्नकारीले प्रहरीतर्फ पेट्रोल बम फाल्न तथा संसद् भवनमा आक्रमण गर्न थालेपछि प्रहरीले हस्तक्षेप गरेको बीबीसीले जनाएको छ । त्यलगत्तै प्रहरीलेअश्रुग्यास, रबरका गोली तथा पानीको फोहोराको प्रयोग गरेको थियो । प्रदर्शनकारीलाई भगाउन प्रहरीले ५ राउन्ड हवाईफायरसेमत गरेको थियो । प्रदर्शनका क्रममा प्रहरीले ४० जनालाई गिरफ्तार गरेको जनाइएको छ ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!