क्यालिफोर्नियामा डुंगामा आगलागी, २५ जनाको मृत्यु

SHARE:

लस एन्जेलस, भदौ १७ । दक्षिण क्यालिफोर्नियाको सान्टाक्रुज द्वीपमा सोमबार मध्यरात डुंगामा एक्कासि आगलागी हुँदा २५ जनाको मृत्यु भएको छ । यस दुर्घटनामा अन्य ९ व्यक्ति बेपत्ता भएको स्थानीय सन्चारमाध्यमले जनाएका छन् ।

क्यालिफोर्नियाको तटीय क्षेत्रमा उक्त दुर्घटना भएको हो । बेपत्ता व्यक्तिहरुको खोजी तथा उद्धारकार्य जारी रहेको प्रहरीले जानकारी दिएको छ ।

स्थानीय समयानुसार सोमबार बिहान ३ः१५ बजे सो दुर्घटना भएको तटीय गार्डका क्याप्टेन मोनिका रोचेस्टरले बताएका छन् । सो डुंगामा ३९ व्यक्ति सवार रहेका पनि मोनिकाले बताएका छन् ।

सो दुर्घटनाबाट पाँचजनालाई भने जीवितै उद्धार गरिएको छ । रासस/सिन्ह्वा

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!