एटा संवाददाता
लन्डन । गोर्खा वेलफेयर ट्रष्ट र अक्सफम नामक च्यारिटी संस्थाको सहयोगार्थ १०० किमि दूरीको ट्रेलवाक सफलतापूर्वक पूरा गरी आएका तमुधिं यूके ट्रेलवाक टिमले सहयोगदाताहरुलाई धन्यवाद दिएका छन् ।
गत २०–२२ सेप्टेम्बरमा पिटर्सफिल्डदेखि ब्राईटन सहरसम्म क्वीन्स गोर्खा सिग्नलको विशेष व्यवस्थापनमा सम्पन्न भएको टे«ल वाकमा करिब ५०० टिमले भाग लिएका थिए । तमुधिं यूकेको टिममा वरिष्ठ उपाध्यक्ष हित काजी गुरुङ, गोर्खा किचनका भिम गुरुङ, माउसटेल वेभ सर्भिसेसका मान गुरुङ र गोर्खा इन्फरमेशन म्यानेजमेन्टका पूर्ण गुरुङ रहेका थिए ।
उनीहरुले गो फन्डमार्फत सो च्यारिटी संस्थालाई सहयोग गरेकोमा संयुक्त रुपमा गत शुक्रबार २७ सेप्टेम्बर दिउँसो अल्डरसटस्थित गोर्खा इन्फरमेशन म्यानेजमेन्टको कार्यालयमा एक कार्यक्रम आयोजना गरी धन्यवाद ज्ञापन गरेका थिए । धन्यवाद सन्देश सामाजिक सञ्जालमा समेत राखिएको थियो ।
२००० पाउन्ड संकलन गर्ने आफूहरुको लक्ष्य पूरा भएको बताउँदै टिम लिडर अर्थात् तमुधिं यूकेका वरिष्ठ उपाध्यक्ष गुरुङले सबैलाई सहयोगदाताहरुलाई धन्यवाद दिए । त्यस्तै, आफूहरुको हिँडाईको क्रममा सपोर्टर ग्रुपमा रहेर आवश्यक सहयोग गरेका तमुधिं यूकेका पूर्वअध्यक्ष सुर्जे (रामचन्द्र) गुरुङ, उपाध्यक्ष जुमकाजी गुरुङ, तमुधिं यूके आमा समूहकी सिता गुरुङ, चन्द्रकला गुरुङ, फोटा पत्रकार मिलन तमु लगायत सबैलाई धन्यवाद दिए ।
ट्रेलवाक टिमका अन्य सदस्यहरुले समेत आ–आप्mना अनुभव सुनाउँदै सबैलाई धन्यवाद दिए ।
धन्यवाद कार्यक्रममा सहभागी चारै जनालाई खुकुरी अंकित गोर्खा घडी उपहार प्रदान गरेका गोर्खा बुलिङ्गका प्रबन्ध निर्देशक प्रशान्त थापालाई समेत धन्यवाद दिए । थापाले आफू पनि पूर्वगोर्खा भएको र ट्रेल वाकलाई राम्ररी बुझेको बताउँदै सो साहसिक तथा परोपकारी कार्यका लागि ट्रेल वाकमा सहभागीहरुलाई घडी उपहार दिन पाएकोमा खुसी व्यक्त गरे । त्यस्तै सो अवसरमा बुलिङका निर्देशक थापाले फोटो पत्रकार मिलन तमुलाई समेत गोर्खा वाच उपहार दिएका थिए ।






