सुनकोसीमा बस दुर्घटना : मृतकको संख्या १७ पुग्यो [अपडेट]

SHARE:

काठमाडौं । दोलखाको शैलुङ गाउँपालिका बागखोरबाट काठमाडौंका लागि छुटेको यात्रु बस अरनिको राजमार्गको सुकुटे नजिकै आइतबार मध्यान्ह सुनकोसी नदीमा खस्दा घ महिने शिशुसहित १७ जनाको मृत्यु भएको छ । कम्तीमा ५२ जना घाइते भएका छन् भने केही हराइरहेका अनुमान छ ।

अधिकांश घाइतेहरुको धुलिखेल अस्पतालमा उपचार भइरहेको छ । प्रहरीका अनुसार बा २ ख ७२४५ नम्बरको बस सडकबाट करिब ७० फिट तल नदीमा खसेको थियो । स्थानीय उद्धारकर्मी रमेश खड्काका अनुसार यात्रुहरुलाई डुबेको, बगाइरहेको र थिचिएको अवस्थामा उद्धार गरिएको थियो । घटनास्थलमा ५ जना र बगाउँदै गरेको अवस्थामा नदीको विभिन्न स्थानबाट १० जनाको शव निकालिएको छ ।

बसमा कम्तीमा ७० जना यात्रु रहेको अनुमान छ । उद्धारका लागि सेना, प्रहरी र सर्वसाधारणले स्थानीय रिसोर्टका बोटहरुको प्रयोग गरेका थिए । बस के कारणले दुर्घटना भयो यकिन भएको छैन ।

जिल्ला प्रहरी कार्यालयका नायव उपरीक्षक (डीएसपी) माधवप्रसाद काफ्लेले घाइतेलाई उद्धृत गर्दै भने, ‘बस अनियन्त्रित भएको र दुर्घटना हुनु अघि ख्याट्–ख्याट् आवाज आएको थियो । थप अनुसन्धान भइरहेको छ ।,’

मृत्यु हुनेमा
सिन्धुपाल्चोक त्रिपुरासुन्दरी गाउपालिका–२७ वर्षीया चमेली श्रेष्ठ र उनकी ६ वर्षीया छोरी साइरानी श्रेष्ठ

दोलखा शैलुङ गाउँपालिका ४ की सलिना तामाङ, ३ का तीन महिने शिशु सिसन तामाङ, ५ की ५२ वर्षीया चेतकुमारी बस्नेत, ३ की ५१ वर्षीया रत्नकुमारी राउत, ५ का वर्ष १४ का निखिल खड्का, ४ का वर्ष १४ का दिल लामा, वर्ष २९ का किरण राउत, वर्ष २० की कविता राउत, ३ की वर्ष ३२ की निर्मला खड्का, ६ की वर्ष ७० की उरमाया मोक्तान

भीमेश्वर नगरपालिकाकी २४ वर्षीया रञ्जिीता केसी बस्नेत, काभ्रे रोशी गाउँपालिका ४ की सजिना तामाङ छन् । तीन जनाको भने सनाखत हुन सेकेको छैन ।

स्थानीय खाडिचौरस्थित सदाबहार अस्पतालमा २ जना घाइते लगेकोमा उपचारका क्रममा बालिका साइरानीको मृत्यु भएको थियो । उपचारका लागि धुलिखेल अस्पताल लगिएका ५० जना घाइते मध्ये चेतकुमारीको मृत्यु भएको हो ।

तिहारका लागि गाउँ गएकाहरु काठमाडौं फर्कने क्रममा बसमा यात्रुको खचाखच थियो । बसले ३४ सिटको टिकट काटेको भएपपछि त्यहाँबाट छुट्ने बेलामा कम्तिमा ४० जना यात्रु भएको अनुमान छ ।

…………………

मेलम्ची । अरनिको राजमार्गअन्तर्गत सुकुटेमा भएको बस दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या १३ पुगेको छ । मुडे देउरालीबाट काठमाडौँका लागि छुटेको वा२ख ७२४५ नंको यात्रुवाहक बस सुनकोशी नदीमा खसेको हो । १० जनाको भने घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

अहिले नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयवासी उद्धारमा जुटिरहेको स्थानीयवासी ढकप्रसाद तिमिल्सनाले जानकारी दिए । उनका अनुसार केही शव खोलाले बगाएको छ । दुर्घटनाग्रस्त बस सुनकोशी खोलामा डुबेको छ । बसमा ४० भन्दा बढी सवार थिए ।

जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेका अनुसार दुर्घटना ठूलो भएकाले क्षति बढ्न सक्नेछ । उनले अहिले उद्धार जारी रहेको जानकारी दिए ।

घाइतेलाई सिन्धु सहाबहार अस्पताल तथा गम्भीर घाइतेलाई काठमाडौँ लगिएको सशस्त्र प्रहरीका प्रहरी नायब निरीक्षक भूपाल खत्रीले जानकारी दिए ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!