गाओ सीमा क्षेत्रमा संयुक्त सुरक्षा गस्तीका क्रममा १७ जना मारिए

SHARE:

काठमाडौं । अफ्रिकन देश मालीको गाओ सीमा क्षेत्रमा संयुक्त सुरक्षा गस्तीका क्रममा १७ जना मारिएका छन् ।

मारिनेहरु आतंकवादी समूहमा संलग्न रहेको सुरक्षा अधिकारीहरुले दावी गरेका छन् । सुरक्षा गस्तीका क्रममा एक सय भन्दा बढी संदिग्ध व्यक्ति पक्राउ परेको बीबीसीले उल्लेख गरेको छ ।

विद्रोहीको आक्रमणमा परेर ५४ जना सुरक्षाकर्मी मारिएपछि संयुक्त गस्ती थालिएको हो । तर अधिकारीहरुले मारिनेहरु कुन समूहसँग संलग्न रहेको भन्ने स्पष्ट नपारेको समाचारमा जनाइएको छ ।

सन् २०१२ पछि मालीमा इस्लामी आतंवादीहरुले धेरै शहर कब्जामा लिएका छन् । फ्रान्सको सहयोगमा यसका पूर्वी यूरोपियन शासक मलायन सेनाले जिहादीहरुको गुमाएको क्षेत्रमा पुनः नियन्त्रण कायम गरेको बताइएको छ ।

तर सुरक्षाकर्मीहरुले भने इस्लामीक समूहहरुको धम्कीको सामना भने गरिरहनुपरेको समाचारमा जनाइएको छ ।

संयुक्त राष्ट्रसंघका अनुसार गत जनवरीदेखि मात्र माली र बुर्किना फासोमा एक सय भन्दा बढी नागरिक मारिएका छन् । (एजेन्सी)

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!