इराकमा भएको बम बिस्फोटमा ६ जनाको मृत्यु

SHARE:

काठमाडौं । इराकमा भएको बम बिस्फोटमा ६ जनाको मृत्यु भएको छ । राजधानी बगदादका तीन छुट्टाछुट्टै स्थानमा भएको बिस्फोटमा परेर १५ जना घाइते भएका छन् ।

उत्तरी बगदादमा मोटरसाइकमा बिस्फोट हुँदा तीन जनाको मृत्यु भएको बीबीसीले जनाएको छ । बिस्फोटमा ६ जना घाइते भएका थिए ।

त्यसैगरी दक्षिणपश्चिम बया जिल्लामा दोस्रो मोटरसाइकल बिस्फोटमा दुई जनाको मृत्यु भएको छ भने ६ जना घाइते भएका छ् ।

यस्तै पूर्वी बलदियात जिल्लामा भएको बिस्फोटमा एक जनाको मृत्यु हुनुका साथै चार जना घाइते भएको बताइएको छ ।

गत अक्टुबरदेखि नै इराकमा भइरहेको सरकार विरोधी आन्दोलनकाक्रममा हिंसाका घटनाहरु भइरहेका छन् । पछिल्लो समय बढ्दै गएका हिंसाका कारण तीन सय भन्दा बढीको मृत्यु भइसकेको छ ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!