जर्सी सहरमा भएको गोलाबारीमा एक प्रहरी अधिकारीसहित ६ जना मारिए

SHARE:

काठमाडौं । अमेरिकाको न्यूजर्सी राज्यको जर्सी सहरमा भएको गोलाबारीमा एक प्रहरी अधिकारीसहित ६ जना मारिएका छन् ।

घटनामा दुई जना प्रहरी पनि घाइते भएको बताइएको छ । शहरको ग्रीनविले इलाकामा दुवैतर्फबाट झण्डै एक घण्टासम्म गोली हानाहान भएको थियो ।

प्रहरीमाथि किन र कसले गोली चलायो भन्ने अझै एकीन हुन सकेको छैन । सरकारी अधिकारीले हमलामा चरमपन्थीहरुको हात हुन नसक्ने तर्क गरेका छन् ।

स्थानीय संचारमाध्यमका अनुसार एक सुपरमार्केटमा लुकेका हमलाकारीले गोली हान्न सुरु गरेका थिए ।

जर्सी प्रहरी प्रमुख माइन किलेले आधुनिक हतियारले सुसज्जित आक्रमणकारीले सय राउण्डभन्दा धेरै पटक गोली हानेको बताए ।

मारिनेमध्ये दुई जना संदिग्ध आक्रमणकारी रहेको प्रहरीले जनाएको छ ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!