चर्चमा बन्दुकधारीले गोली चलाउँदा २ जनाको मृत्यु

SHARE:

काठमाडौं । अमेरिकाको एक चर्चमा बन्दुकधारीले गोली चलाउँदा २ जनाको मृत्यु भएको छ ।

टेक्सासस्थित वेस्ट फ्रिवे चर्च अफ क्रिष्र्टमा आइतबार बिहान ११ः५० बजे प्रार्थना भइरहेका बेला अन्धाधुन्ध गोली प्रहार भएको हो ।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार, प्रार्थनाका लागि बसिरहेका व्यक्तिले अकस्मात् उठेर गोली चलाएका थिए । प्रार्थनाको फेसबुक लाइभ भइरहेकाले त्यो लाइभमा समेत देखिएको थियो । घटनामा आक्रमणकारीको समेत मृत्यु भएको छ । सुरक्षाकर्मीको आक्रमणमा उनी मारिएका हुन् ।

ती व्यक्तिले किन आक्रमण गरे भन्ने खुलेको छैन । स्थानीय प्रहरीले यसबारे अनुसन्धान भइरहेको जनाएको छ ।

मास सुटिङ पछिल्ला केही वर्षयता अमेरिकाका लागि टाउको दुखाइको विषय बन्दै आइरहेको छ । केही महिनायता यस्ता घटना लगातार अमेरिकामा भइरहेका छन् ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!