रणनीतिक हतियार पेस गर्ने तयारीमा उत्तर कोरिया

SHARE:

काठमाडौं । उत्तर कोरियाले आफ्नो आणविक कार्यक्रमलाई निरन्तरता दिँदै निकट भविष्यमै रणनीतिक हतियार पेस गर्ने तयारी रहेको जनाएको छ ।

अमेरिकासँग आणविक हतियारका विषयलाई लिएर सम्बन्ध बिग्रिएका बेला नेता किम जोङ उनले आफूहरुले थप आणविक परीक्षण गर्न लागेको बताइको. कोरियाली समाचार संस्थाहरुले जनाएका छन् । नेता किमले गत शनिबार सत्तारुढ वकर्स पार्टीको बैठकमा नयाँ रणनीतिक योजना सार्वजनिक गरेका थिए ।

उनले उत्तर कोरियाको आणविक अवरोधलाई अझ विकसित गर्ने प्रतिवद्धतासमेत व्यक्त गरेको समाचार सार्वजनिक भएका थिए ।

यसैबीच अमेरिकी विदेशमन्त्री माइक पोम्पेओले उत्तर कोरिया आफैं द्वन्द्वमा जान चाहेको आरोप लगाएका छन् । उनले उत्तरको एकलौटी निर्णयले अफ्ठेरो पर्नसक्ने चोतावनीसमेत दिए ।

यसअघि राष्ट्रपति ट्रम्पसँग भएको वार्ताममा नेता किमले अमेरिकाले आफ्नो अपेक्षा पूरा नगरे नयाँ बाटो अवलम्बन गर्ने बताएका थिए ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!