जम्मु कश्मीरमा गोली हानाहान हुँदा भारतीय सेनामा कार्यरत नेपाली युवाको मृत्यु

SHARE:

काठमाडौं । भारत र पाकिस्तानका सैनिकबीच गोली हानाहान हुँदा भारतीय सेनामा कार्यरत एक नेपालीको मृत्यु भएको छ । मारिनेमा गोरखाका अर्जुन थापा मगर रहेका छन् ।

जम्मु कश्मिरको लाइन अफ कन्ट्रोलमा बुधबार भारत र पाकिस्तानी सेनाबीच गोली हानाहान हुँदा भारतीय सैनिकको ज्यान गएको थियो । तीमध्ये एक गोरखाका थापा मगर रहेको भारतीय सेनाका प्रवक्ता देवेन्द्र आनन्दलाई उद्धृत गर्दै हिन्दुस्तान टाइम्सले खबर लेखेको छ । सोही घटनामा सन्दीप रघुनाथको पनि मृत्यु भएको छ । उनी भारतीय नागरिक हुन् ।

भारतीय सेनाका प्रवक्ताले भनेका छन्–राइफलम्यान मगर धेरै बहादुर, आफ्नो पेसाप्रति प्रतिबद्ध र इमान्दर सैनिक थिए । ती बहादुर सिपाहीले वीरगति पाउँदा भारतीय सेना शोकमा छ ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!