इरानका एक वरिष्ठ कमाण्डर अमेरिकी सेनाको कारबाहीमा मारिए

SHARE:

 

अमेरिकाको विशेष सुरक्षा फौजको आक्रमणमा परी इरानका एक जना बरिष्ठ कमाण्डर मारिएको बताइएको छ । अमेरिकी रक्षा मन्त्रालय पेन्टागनले इरानको एक विशेष दस्ता कुद्स फोर्स अफ इरान्स रिभोलुसन गार्डका वरिष्ठ कमाण्डर क्वासिम सोलेमानी मारिएको जनाएको छ ।

अमेरिकी सेनाको कारबाहीका क्रममा ती कमाण्डर मारिएको अमेरिकी रक्षा मन्त्रालय पेन्टागनले बिहीबार राती पुष्टी गरेको हो । बग्दाद अन्तर्राष्ट्रिय विमानस्थल नजिकै सोलेमानी मारिएको पेन्टागनले जानकारी दिएको छ । वक्तव्यमा इराकी अर्धसैन्य बल हसद शावीका उपप्रमुख अबु महदी अल मुहाम्दीस पनि मारिएको उक्त वक्तव्यमा उल्लेख गरिएको छ ।

वासिङ्टन र तेहरानबीच पछिल्ला केही महिनायता विवाद चर्किरहेको छ । यस समयमा अमेरिकी सेनाको कारबाहीमा परी इरानका कमाण्डर मारिएको यस घटनालाई अर्थपूर्ण रुपमा हेरिएको प्राप्त समाचारमा जनाइएको छ । इराकस्थित अमेरिकी दूतावासमा केहीदिन पहिले आक्रमण भएपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई “ठूलो मुल्य चुकाउनु पर्ने” चेतावनी दिएका थिए ।

इरानले पनि सोलेमानीलाई अमेरिकी सेनाले हेलिकोप्टरबाट आक्रमण गरेर मारेको जनाएको छ । देश बाहिर गोप्य गतिविधिहरू गर्नेगरी सन् १९९८ देखि इरानको क्विड नामक विशेष दस्ता स्थापना गरिएको थियो ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!