मुस्लिमहरूको एक महिने रमजान उपवास सुरु

SHARE:

नयाँदिल्ली, मुसलमान समुदायको उपवाससहितको एक महिने रमजान पर्व बिहीबारदेखि सुरु भएको छ ।

भारतसहित संसारभरका मुस्लिम धर्माबलम्वीहरूले एक महिने व्रत सुरु गरेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले जनाएका छन् ।
व्रतका बेलामा मुस्लिम धर्माबलम्वीहरूले मस्जिदमा भेला भएर कुरान वाचन गर्ने तथा प्राथना गर्ने गर्दछन् ।

सामान्य तरिकाले भन्दा बढी ध्यान दिएर विषेश प्रार्थना गर्नेहरूले यो महिनाभरी विषेश तरिकाले व्रत तथा प्रार्थना गर्दछन् ।

यो पर्व र व्रतलाई संसारभरका मुिस्लम धर्माबलम्वीहरूले उच्च महत्वका साथ मनाउने गर्दछन् ।
रमजान अवधिभर उनीहरू सुर्यअस्त नहुदासम्म खाना खाने, पानी पिउने, वैवाहिक कार्यक्रमहरु गर्ने गर्दैनन् ।

सुर्यअस्त भएपछि भने व्रतालुहरूले खाना र पानी आफुहरुले पनि खाने र आफ्नो परिवार तथा इष्टमित्रहरूलाई वितरण गर्ने गर्दछन् ।

इस्लामिक पात्रो अनुसार रमजान नवौं महिनामा पर्दछ । यस बर्ष साउदी अरब र मध्यपूर्वी देशहरुमा बिहीबारदेखि उपवास सुरु भएको छ ।

प्रकाशित मितिः ३ जेठ २०७५

SHARE:

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!