नेपालीद्वारा डाइबिटिज यूके बेजिङस्टोकको सहयोगार्थ च्यारिटी

SHARE:

एटा संवाददाता
लन्डन । बेलायतमा बसोबासरत नेपालीहरुले आफ्नो मातृभूमिको लागिमात्र नभएर आफू बसेको ठाउँका लागि पनि विभिन्न च्यारिटी सञ्चालन गर्ने गरेका छन् । यसै सिलसिलामा बेजिङस्टोकमा आफ्ना व्यवसाय सञ्चालन गरेर बसेका शिवजी श्रेष्ठले नयाँ वर्षको कार्यक्रमसँगै स्थानीय डाइबिटिज यूके, बेजिङस्टोकको सहयोगार्थ एक च्यारिटी कार्यक्रम गरेका छन् ।

गत सोमबार स्थानीय बेजिङस्टोकका पूर्वमेयर काउन्सिलर Sean Ketting को प्रमुख आतिथ्यतामा सञ्चालित सो कार्यक्रममा एनआरएन यूके राज्य समन्वय समिति इंगल्यान्डका अध्यक्ष दिपक श्रेष्ठ, स्थानीय लेबोर पार्टी, बेजिङस्टोकका BAMeअफिसर साजिस थोमस, नेपाल पूर्वप्रहरी परिवार मञ्च बेलायतका अध्यक्ष (Rtd DSP) बाचस्पति रेग्मी, मिसेस नेपाल यूके २०१९ की फस्ट रनर अप बन्दना केसी, सेकेन्ड रनर अप सबिना थापा श्रेष्ठ, अमिका क्षेत्री, बुद्धिजीवी यादव श्रेष्ठ, समाजसेवी प्रतिमा जोशी, मदनमान श्रेष्ठ, रिना प्रधान श्रेष्ठ लगायतका व्यक्तिहरुको उपस्थितिमा राफल ड्र समेत गरिएको थियो ।

कार्यक्रममा S4u\Healthylife का डाइरेक्टर उर्मिला श्रेष्ठले बेलायतमा डाइबिटिज पीडितहरुको संख्यात्मक अवस्था तथा यसका कारण र बच्ने उपायबारेमा पावरपोइन्ट प्रेजेन्टेसन गरेका थिए ।

करिब ५० लाखको हाराहारीमा Type 2 Diabetes रहेको बेलायतमा दक्षिण एसियालीमुलका मानिसहरु यस रोगबाट अझ बढी पीडित रहेको बताउँदै खानपान र लाइफस्टाइलसँग सम्बन्धित यो रोगको बिरुद्धमा डाइबेटिज यूकेसँग सलाद मास्टर यूकेले सहकार्य गरिरहेको बताइन् । सो अवसरमा पूर्वमेयर Sean Ketting ले आफू पनि यस रोगबाट पीडित रहेको बताउँदै नेपालीहरुद्वारा सञ्चालित यस कम्पनीले गरेको च्यारिटीको सराहना गर्दछु भन्दै स्वास्थ्य नै सबैभन्दा ठूलो सम्पत्ति रहेको बताए ।

प्रत्येक वर्ष स्थानीय सामाजिक संघ संस्थाहरुका लागि नियमित रुपमा च्यारिटी गर्दै आएका शिवजी श्रेष्ठको नेतृत्वमा रहेको यस संस्थाले गत वर्ष पनि बेजिङ्गस्टोकका घरबारविहीन (सुकुम्बासी)हरुका लागि कार्यरत संस्थ को सहयोगार्थ च्यारिटी गरेका थिए । आफ्नो लागि त छँदैछ, अरुका लागि केही गर्न सकियो भने जीवनको सार रहन्छ भन्दै श्रेष्ठले त्यहाँ उपस्थित एवम् अनुपस्थित भएर पनि सहयोग गर्ने मनकारी व्यक्तिहरुका नाम लिँदै सबैमा धन्यवाद ज्ञापन गरेका थिए ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!