काठमाडौं । इरानमा एक यात्रीवाहक विमान दुर्घटना हुँदा १७६ जनाको मृत्यु भएको छ । सो विमान बुधबार बिहान तेहराननजिकै दुर्घटना भएको हो ।

राजधानी तेहरानको इमाम खोमेनी अन्तर्राष्ट्रिय विमानस्थलबाट उडान भरेलगत्तै बोइङ ७३७ विमान दुर्घटनामा परेको अन्तर्राष्ट्रिय सन्चारमध्यमहरुले जनाएका छन् । इरानको उड्डयन संगठनका प्रवक्ताकाअनुसार विमानमा १६७ जना यात्री र चालकदलका ९ सदस्य सवार थिए । उनीहरु सबैको मृत्यु भएको जनाइएको छ । सुरुमा विमानमा १८० जना सवार रहेको समाचार आएको थियो ।
विमान युक्रेनको राजधानी किभका लागि उडेको थियो । दुर्घटनाको यकिन कारण खुल्न सकेको छैन ।
इरानी समाचार एजेन्सी ‘फार्स’ले भने प्राविधिक समस्याका कारण विमान दुर्घटना भएको जनाएको छ ।






