न्यूयोर्कमा तमुहरुले मनाए च्यु ल्होसार

SHARE:

न्यूयोर्क । अमेरिकाको न्यूयोर्कमा स्थापित तमु प्ये ल्हु संघले तमु ल्होसार (नयाँ वर्ष) मनाएको छ ।

तमु प्ये ल्हु संघको नेतृत्वमा यही ४ जनवरीका दिन तमुहरुले मृग वर्गलाई बिदाई र मुसा वर्गलाई स्वागत गर्दै ल्होसार मनाएका हुन् । प्रत्येक वर्ष पुस १५ गते मनाइने ल्होसार तमु जातिको महान् पर्व हो । नयाँ आउने वर्गले फल प्रतिफल दिने विश्वास गरिन्छ । तमु खेगी कुम तमुले कार्यक्रम सुरू हुनु अगावै वर्षभरी भोग गर्ने च्यु वर्गले सबैको भलो होस् भनी पूजामा सहभागीलाई रूपा लगाइदिएका थिए ।

तमु प्ये ल्हु संघ, न्यूयोर्कका अध्यक्ष मिलन तमुको अध्यक्षतामा सञ्चालित पहिलो चरणको औपचारिक कार्यक्रम न्यूयोर्कका लागि नेपालका महावाणिज्यदूत पुष्पराज भट्टराई प्रमुख अतिथि र न्यूयोर्कमा स्थापित अमेरिकाको पहिलो तमु संस्था तमु समाजका संस्थापक अध्यक्ष तुल्सीप्रसाद तमु विशेष अतिथिको रुपमा उपस्थित थिए । तमु च्यु ल्होसार-२०७६ कार्यक्रममा न्यूयोर्कमा रहेका विभिन्न नेपाली संघ संस्थाहरूका नेतृत्व र प्रतिनिधिहरुको उपस्थिति थियो ।

प्रमुख अतिथि र वरिष्ठ अतिथिबाट कार्यक्रम उद्घाटन गरिएपश्चात् नेपाल र अमेरिकाको राष्ट्रिय गीतका साथै तमु स्वागत गीत बजाइएको थियो । त्यसपछि कार्यक्रममा आएका सबैलाई खेगी कुम तमुले आशीष दिएका थिए । कार्यक्रममा संस्थाका प्रथम उपाध्यक्ष तेज तमुले स्वागत मन्तव्य राखेका थिए । त्यस्तै ल्होसार कार्यक्रम सफल पार्न जिम्मा पाएका संयोजक संस्थाका सहसचिव सन्तोष तमुले ल्होछारको तयारी र शुभकामना मन्तव्य राखेका थिए ।

यस पटकको ल्होसार कार्यक्रममा गुरूङ चलचित्रका कलाकारहरू नायिका नविना तमुस्यो, नायिका यन्सर्ज तमुस्यो, नायक प्रेम तमु, वरिष्ठ कलाकार नरविर तमु, हास्य कलाकार रूथमान तमु र मोडल तथा नृत्यकार गीता राईलाई पनि सम्मान गरिएको थियो । सम्मान गर्ने क्रममा संस्थाकf आजीवन सदस्यता लिनुएका भिमप्रसाद तमु, चन्द्र तमु र प्रेम तमुलाई पनि सम्मान गरिएको थियो । गुरूङहरूका तीन पुरोहित ( पच्यु, क्ल्हेप्री र बोन्पो लम ) हरूबारे तमु खेगी कुम तमुले प्रस्ट्याएका थिए ।

वरिष्ठ अतिथि तुल्सीप्रसाद तमुले न्यूयोर्कका तमु संस्थाहरू एक भएर जानु पर्ने बताए । प्रमुख अतिथि महावाणिज्यदूत भट्टराईले बोन धर्मअन्तर्गतका गुरूङ जातिको मौलिक पहिचान तमु प्ये ल्हु संघको कार्यक्रममा आएर देख्न पाएको र सबै जातीहरूले आफ्नो मौलिक पहिचान जोगाई राख्नु पर्ने कुरामा जोड दिए । साथमा, नेपाल भ्रमण वर्ष- २०२० लाई सफल पार्न सबै नेपालीलाई अनुरोध गरे ।

औपचारिक कार्यक्रमको अन्तमा अध्यक्ष मिलन तमुले न्यूयोर्कमा तमु प्ये ल्हु संघ स्थापना हुनुको औचित्यबारे प्रस्ट पार्दै गुरूङहरूले भन्दै आएको शास्त्र र संस्कार प्राकृतिक बोन धर्मबाट नै आएको हुनाले परम्परागत रूपमा मान्दै आएको हाम्रो धर्म, संस्कार, संस्कृति, भाषा र भेषभुषाको संरक्षण र सवर्द्धन अनि प्रवर्द्धन गर्नु पर्छ भन्दै तमु च्यु ल्होसारको पहिलो औपचारिक कार्यक्रम समाप्त भएको थियो । पहिलो औपचारिक कार्यक्रम अनु तमुस्योले सञ्चालन गर्नु भएको थियो ।

विभिन्न मौलिक नृत्यसँगै दोस्रो चरणको सांस्कृतिक कार्यक्रममा छ्याँटु ( सेर्गा ), सोरठी जस्ता नृत्य प्रस्तुत गरिएको थियो । स्थानीय युवा कलाकारहरूले गुरुङ र नेपाली गीतमा आफ्नो कला देखाउनुका साथै हास्य कलाकार रूथमान तमुले सबैलाई हसाउने प्रयास गरेका थिए भने नायिका एन्सर्ज गुरुङले नृत्य प्रस्तुत गरेकी थिइन् । वरिष्ठ कलाकार नरविर तमु र मोडल तथा नृत्यांगना गीता राईको ‘आँधी खोला तिरैमा’ बोलको नृत्यले माहोल तताएको थियो ।

तमु प्ये ल्हु संघ यूके युवा समितिका पूर्वअध्यक्ष र गायक मनित तमुको स्वरले सबैलाई मन्त्रमुग्ध बनाएको थियो । यसरी विविध सांस्कृतिक कार्यक्रमका साथ दोस्रो चरणको कार्यक्रम सम्पन्न गरिएको थियो ।

कार्यक्रम सम्झना तमुस्यो र शक्ति तमुले सञ्चालन गरेका थिए ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!