स्वीन्डनका तामाङहरुले ल्होछार मनाए

SHARE:

जयराम रुम्बा
स्वीन्डन । स्वीन्डन र आसपास बसोबास गर्ने तामाङहरुले ल्होछार तथा भेटघाट कार्यक्रम भव्यताका साथ मनाएका छन् ।

यही जनवरी ११ तारिख शनिबार स्वीन्डनको वर्ल्ड टाउनस्थित राफा क्लबको हलमा तामाङहरुले ल्होछार तथा भेटघाट कार्यक्रम भएको हो । सोनाम ल्होछार आउन केही साता बाँकी रहे पनि आआफ्नो समयानूकुल तामाङहरुले शनिबार ल्होसार तथा भेटघाट कार्यक्रम मनाए । कार्यक्रममा करिब ७० जना सहभागी थिए ।

गणेश दोङ, आसबहादुर स्याङ्तान, सिङ्गा वाइबालगायतको आयोजनामा भएको कार्यक्रममा स्टाटर मेनकोर्स अनि डिजर्टका विभिन्न परिकारका खाना केट्रिङ्ग कम्पनीले उपलब्ध गराएको थियो ।

परिचय तथा शुभकामना आदनप्रदानबाट सुरु भएको सो कार्यक्रममा नेताहरुलाई आसनग्रहण, खादा लगाउनेजस्ता कार्य थिएन् । त्यस अवसरमा जयराम रुम्बाले ‘गाउँको छोरो’ शीर्षक कविता वाचन गरेका थिए भने बेलायत भ्रमणमा रहेका सुप्रसिद्ध गायक बिरु लामाको म्हेन्दो माया, सालैजो, गोर्खा मनकामना जस्ता चर्चित गीतहरु गाएर सबैलाई कम्मर मर्काइमर्काई नचाएका थिए ।

कार्यक्रमको अन्तमा फोटो सेसन गर्दै फेरि छिट्टै भेट्ने वाचाका साथ सबै जना बिदा भएका थिए ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!