लस एन्जेलस । अमेरिकामा भएको गोलीकान्डमा परी कम्तीमा चारजनाको मृत्यु भएको छ ।
उताह राज्यमा शुक्रबार राति भएको घटनामा परी उनीहरुको मृत्यु भएको स्थानीय प्रहरी अधिकारीहरुले जानकारी दिएका छन् ।
शंकास्पद व्यक्तिहरुलाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरिसकिएको पनि प्रहरी अधिकारीहरुको भनाइ छ ।
प्रदेशको राजधानी सहर साल्ट लेक सिटीसँगै जोडिएको ग्रान्ट्सभिल्ले भन्ने ठाउँमा गोलीकान्ड भएको हो ।
‘सरकारी अधिकारीहरु घटनास्थलमा पुगेर चारजनाको मृत्यु भएको पुष्टि गरेका छन्’–ग्रान्ट्सभिल्लेका एकजना प्रहरी अधिकृत होन्डा फिल्डसले भने ।
उनले घटनाकाबारेमा प्रहरीले अनुसन्धान गरिरहेको र घाइते पाँचजनाको अस्पतालमा उपचार भइरेको जानकारी दिए ।
आक्रमण गर्ने र पीडितहरु एउटै परिवारका हुन् कि होइनन् भन्ने अहिले यकिन भइनसकेको पनि उनले बताए । रासस