यमनको एक सैनिक शिविरमा मिसाइल आक्रमण, ८० सैनिक मारिए

SHARE:

काठमाडौं । यमनको एक सैनिक शिविरमा मिसाइल आक्रमण हुँदा ८० सैनिक मारिएका छन् ।

घटनामा दर्जनौं सैनिक घाइते भएका छन् । यमनको राजधानी सानाबाट १ सय ७० किलोमिटर पूर्वमा रहेको सैन्य शिविरमा प्रार्थना गरिरहेकाहरुमाथि मिसाइल प्रहार भएको हो ।

आक्रमण हुथी विद्रोहीले गराएको आशंका यमन सरकारले गरेको छ । यद्दपी सो समूहले घटनाको जिम्मेवारी लिएको छैन ।

यसैबीच यमनका राष्ट्रपति अब्द्रबुबु मन्सुर हादीले घटनाको भत्र्सना गर्नुभएको छ ।

यसअघि पनि हुथी बिद्रोहीले यमनको दक्षिणी शहर अदनमा भइरहेको सैन्य परेडमा मिसाइल हमला गर्दा ३२ जना सैन्य जवानको मृत्यु भएको थियो ।

यमनको पश्चिमी क्षेत्र पूरै कब्जामा लिएको हुथी विद्रोहीले पछिल्लो समय आतंकवादी हमलालाई तिब्रता दिँदै आएको छ ।

घाइतेहरुको अवस्था गम्भीर रहेका कारण मृतकको संख्या बढ्न सक्ने अनुमान गरिएको छ ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!