पर्वत मञ्च हङकङद्वारा उपमेयर मञ्जुदेवी गुरुङको सम्मान तथा भेटघाट

SHARE:

हङकङ । पर्वत मञ्च हङकङले पोखरा महानगरपालिकाकी उपमेयर मञ्जुदेवी गुरुङलाई सम्मान गरेको छ ।

अध्यक्ष दुर्गा गुरुङ मिलनको अध्यक्षतामा २८ जनवरी बिहाना८:३० बजे Hotel Madera जोर्डनको सभा हलमा उपमेयर गुरुङको सम्मान, बधाई तथा भेटघाट कार्यक्रम भएको हो । अध्यक्ष मिलनले उपमेयर मञ्जुदेवी गुरुङलाई खदा र मायाको चिनोले सम्मान गरेका थिए । साथै सबै अतिथिहरुले पनि उनलाई खादाले सम्मान गरेका थिए ।

कार्यक्रममा उपमेयर गुरुङको प्रमुख अतिथि थिइन् ।

कार्यक्रममा विशेष अतिथिहरुमा चारभङ्ज्याङ तमु समाज हङकङका अध्यक्ष गंगाबहादुर गुरुङ, आर्थर डाँडाखर्क सहयोग समिति हङकङका अध्यक्ष मनोज गुरुङ, पञ्चासे समाज हङकङ, पर्वत क्लब हङकङका सचिव तिलक गुरुङ, जनसम्पर्क सेवा समिति हङकङका सभापति मीनबहादुर गुरुङ लगायत पर्वतवासीहरुको उपस्थिति थियो ।

कार्यक्रममा पर्वत मञ्च हङकङका अध्यक्ष मिलनले पर्वत मञ्चको बारेमा बोलेका थिए भने प्रमुख अतिथि उपमेयर गुरुङले जनप्रतिनिधिको रुपमा आफूले गरेका कामहरुको बारेमा जानकारी गराएकी थिइन् । अहिले भिजिट नेपाल २०२० वर्ष भएकोले विदेसमै भए पनि सो कार्यक्रमलाई सफल बनाउन हरेक कोणबाट साथ सहयोग दिन उनले अनुरोध गरिन् ।

कार्यक्रम पर्वत मञ्चका महासचिव विद्या गुरुङले सञ्चालन गरेकी थिइन् ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!