गुरुङ (तमू) समाज मकाउद्धारा मुख्यमन्त्री राहतकोषमा १ लाख सहयोग

SHARE:

रोशनी गुरुङ, पोखरा १८ जेठ
गुरुङ (तमू) समाज मकाउद्धारा गण्डकी प्रदेश सरकारले स्थापना गरेको मुख्यमन्त्री राहतकोषमा १ लाख १ सय ५ रुपैंयाँ सहयोग गरेको छ ।समाजका अध्यक्ष रामेन्द्रकुमार गुरुङको नेतृत्वमा समाजका पदाधिकारी र अन्य सदस्यहरुको उपस्थितीमा सो रकम हस्तान्तरण गरिएको हो ।रकम हस्तान्तर गर्दै अध्यक्ष रामेन्द्रकुमार गुरुङले आफूहरु विदेशमा भएता पनि देशलाई संकट पर्दा सक्दो सहयोग गर्न सधैं तत्पर रहेको बताउनुभयो ।

साथै रकम ग्रहण गर्दै गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले यतिबेला देश दुःख र समस्यमा रहेको भन्दै दुःखको बेला सहयोग गर्दैहरुप्रति आफ्नो सधैं सहनुभूति रहने बताउनुभयो । सुखको बेला भेटन आउनेहरु भन्दा दुःखको बेला भेटनहरुको बढी सम्झना रहने समेत उहाँले बताउनुभयो । साथै उहाँले समाजलाई धन्यवाद सहित आभार पत्र समेत प्रदान गर्नुभयो ।

स्थापनाकालदेखि नै सामाजिक काममा सक्रिय रहदै आएको समाजले यसअघि पनि विभिन्न संघ संस्था र विपतीमा परेको व्यक्तिहरुलाई सहयोग गर्दै आएको छ ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!