चार महिनापछि नेपालका लागि बेलायती पूर्वराजदूत रिचर्ड मोरिसको शव भेटियो

SHARE:

लन्डन १६ भदौ । बेपत्ता भएको करिब ४ महिनापछि नेपालका लागि बेलायती पूर्वराजदूत रिचर्ड मोरिसको शव भेटिएको छ ।

ह्याम्पशायर प्रहरीले उनको शव एलिस होल्ट जंगलमा फेला पारेको बीबीसीले जनाएको छ । प्रहरी गत मे ६ देखि बेपत्ता मोरिसको खोजीमा जुटेको थियो । प्रहरीले निधनबारे परिवारलाई अवगत गराइसकेको छ ।

बेलायतको फार्नहमनजिक बेन्टली क्षेत्रमा बस्दै आएका ५२ वर्षीय पूर्व राजदूत मोरिस गत मे ६ तारिख बिहान १०.३० बजे दौड्न घरबाट निस्किएपछि बेपत्ता भएका थिए ।

SHARE:

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!