बेलायतमा पुन: कोरोना भाइरसको परीक्षण : अक्सफोर्ड

SHARE:

लन्डन २९ भदौ । बेलायतको अक्सफोर्ड विश्वविद्यालय र औषधि उत्पादक कम्पनी अस्ट्राजेनेकाले विकास गरिरहेका कोरोना भाइरसविरुद्धको खोप परीक्षण पुनः सुरु भएको अक्सफोर्डले जनाएको छ।

खोप सुरक्षाबारे समीक्षा गर्ने एउटा स्वतन्त्र समिति र ‘यूके मेडिसिन एन्ड हेल्थ केयर प्रडक्ट्स रेगुलेटोरी एजेन्सी’ (एमएचआरए) को सिफारिसमा बेलायतमा परीक्षण पुनः सुरु गरिएको हो ।

खोप परीक्षणमा सहभागी एक जना महिला स्वयंसेवकमा सन्देहपूर्ण प्रतिकूल प्रतिक्रिया देखिएपछि गत मंगलबार खोपको अन्तिम क्लिनिकल परीक्षण स्थगित गरिएको थियो । यो स्थगन लम्बिन सक्ने चिन्ताबीच पुनः सुरु गरिएको हो । परीक्षणका क्रममा उक्त खोप विश्वभर करिब १८ हजार जनालाई दिइसकिएको छ । खोप परीक्षणमा सहभागी हजारौंमध्ये कोही बिरामी हुनु सामान्य भए पनि प्रत्येक सहभागीको सुरक्षालाई ध्यानपूर्वक मूल्यांकन गरिने अक्सफोर्डको विज्ञप्तिमा उल्लेख छ । गत साता अस्ट्राजेनेकाले ‘एउटा व्याख्या गर्न नसकिने बिमार’ का कारण अन्तिम क्लिनिकल परीक्षणमा ’नियमित’ बिराम गरिएको जनाएको थियो ।

अक्सफोर्डले ती स्वयंसेवकमा के समस्या देखिएको थियो औपचारिक रूपमा सार्वजनिक गरेको छैन । तर न्युयोर्क टाइम्सले ती स्वयंसेवकमा मेरुदण्डको नसा सुनिने ‘ट्रान्सभर्स मिलिटिस’ देखिएको जनाएको थियो । भाइरल संक्रमणका कारण हुने उक्त बिमारीले मानिसको मेरुदण्डमा असर पुर्‍याउन सक्ने विश्वास गरिन्छ  । कान्तिपुरमा समाचार छापिएको छ ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!