
लन्डन भदौ ३१ । बेलायतमा सक्रिय कन्जरभेटिभ पार्टीका ४९ वर्षीय पूर्व सांसद चार्ली एल्फिकलाई यौन दुर्व्यवहार गरेको आरोपमा दुई वर्षको लागि जेल चलान गरिएको छ । उनलाई साउथवार्क क्राउन कोर्टले दोषी सावित गरेको हो । सन् २००७ र सन् २०१६ बीच ९ वर्षको अन्तरालमा गरेको दुईवटा यौन दुर्व्यवहारको आरोपमा उनी दोषी ठहरिएका हुन् ।
उनलाई दुई जना महिलामाथि यौन दुर्व्यवहार गरेको आरोप लागेको छ । तर, एल्फिकले भने उक्त आरोपलाई अस्वीकार गरेका छन् ।






