भर्जिनिया, अमेरिका असोज ८ । सामाजिक संजालमा आधारित सोसल कमर्श कम्पनी सगुनले आफ्ना प्रयोगकर्ताहरुको संख्याको आधिकारिकताका बारेमा उठाइएका प्रश्नहरुबारे ध्यानाकर्षण भएको जनाएको छ ।
सह-संस्थापक कविन्द्र सिटौलाले एक विज्ञप्ति निकालेर भनेका छन्, ‘एउटा सामाजिक संजालमा आधारित सोसल कमर्श कम्पनिको रुपमा हामीले अहिलेसम्म गरेको यात्रा, हाम्रो भिजन र मिसन सबै सामु स्पष्ट छ । हामी खुला किताबको रुपमा रहेका छौं ।’
काठमाडौँबाट प्रकाशित हुने नयाँ पत्रिका दैनिकको २२ सेप्टेम्बर २०२० को अंकमा प्रकाशित सगुनसँग सम्बन्धित समाचारबारे फेरि बुँदागत रुपमा आफ्ना भनाइहरु राखिसकेको उल्लेख गर्दै सह संस्थापक सिटौलाले सगुन कुनै पनि देशका नियम कानुनका परिधी भन्दा पर गएर कुनै काम नगरेको र गर्ने प्रस्ट पारेका छन् । ‘सगुन जुन देशमा स्थापित छ र जुनजुन देशमा दर्ता भएर आफ्ना गतिविधिहरू सञ्चालन गरिरहेको छ, ती देशका नियम कानूनका परिधि भन्दा पर गएर कुनै काम गरेको छैन र गर्ने छैन । हामीलाई थाहा छ, सगुनको भिजन पूरा गर्न त्यति सजिले छैन, तर असम्भव पनि छैन । हामी सबैभन्दा पहिला सम्बन्धित देशहरूका कानुनलाई सम्मान गछौं, त्यसपछि सगुनलाई विश्वास गर्नुहुने यसका लगानीकर्ताहरू, सगुनका प्रयोगकर्ताहरू अनि त्यसैगरी समुदायका सम्पूर्ण शुभचिन्तकहरूलाइ सम्मान गर्छौं । त्यसैले हामी, कोही कसैलाइ झुक्याएर वा गलत जानकारी उपलब्ध गराएर क्षणिक माया लिने लालचले स्थापना भएका होइनौं’ विज्ञप्तिमा लेखिएको छ ।
सगुन सामान्य व्यक्तिहरूका लागि असम्भव लाग्ने काम गरेर नै सफल हुन चाहन्छ र त्यो बाटोमा अगाडि बढिरहेको उल्लेख गर्दै सह संस्थापक सिटौलाले सगुनका बारेमा समुदायमा सत्य कुरा पुर्याउन चाहने कुनै पनि निकायलाई आफूहरुसँग सम्पर्क गरेर सत्यतथ्य बुझ्न समेत विज्ञप्तिमा मार्फत गरेका छन् ।
‘सगुन कसैलाई झुक्याएर क्षणिक माया लिने लालचले स्थापना भएको कम्पनी होइन’
Kabindra
कविन्द्र सिटौला
सह-संस्थापक, Sagoon Inc.
श्री सम्पादकज्यू,
नयाँ पत्रिका दैनिक
काठमाडौँ ।
विषय: गम्भीर ध्यानाकर्षण
त्यस पत्रिकाको २२ सेप्टेम्बर २०२० को अंकमा यस कम्पनीसंग सम्बन्धित प्रकाशित समाचारप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ।
सगुनका बारेमा हालै केही पत्रपत्रिकाहरूमा प्रकाशित भ्रामक समाचारहरूका कारण सगुनका लगानीकर्ता तथा सर्वसाधारणहरूलाइ स्पष्ट पार्न सगुनको अधिकारिक जानकारी तपाइको पत्रिकालाइ पनि प्रेषित गरेका थियौँ । ती बुंदागत खण्डनहरूलाइ जस्ताको त्यस्तै छाप्नु भन्दा तोडमरोड गरेर हामीलाई सम्पर्क नै नगरी, हाम्रो भनाइ नराखीकनै पटक पटक समाचारको रुपमा प्रकाशित गर्ने कामबाट हामी दुखि भएका छौं। एउटा सामाजिक संजालमा आधारित सोसल कमर्श कम्पनिको रुपमा हामीले अहिलेसम्म गरेको यात्रा, हाम्रो भिजन र मिसन सबै सामु स्पष्ट छ। हामी खुला किताबको रुपमा रहेका छौं। सगुनका बारेमा निम्नानुसार तथ्य सहित सगुनका वास्तविक अध्ययन, अनुसन्धान नगरी प्रकाशित खबरहरूलाइ खण्डन गर्दै निम्नानुसार बुदाँहरूमा वास्तविक जानकारी उपलब्ध गराउँदछैँ ।
• सर्वप्रथम कुनैपनि कम्पनीको user registration एउटा च्यानलबाट मात्र हुँदैन| एप डाउनलोड गर्ने अनेकौं platform हरु छन् तीमध्ये दुइटालाइ मात्र quote गरिएको पाइयो| सगुनलाई वेबसाइटमार्फत पनि registration गरेर चलाउने लाखौ प्रयोगकर्ताहरु हुनुहुन्छ, जसले डाउनलोड गर्नुभएको छैन| सगुनका प्रयोगकर्ताहरू ८० लाख भन्दा बढी छन् र बढ्ने क्रम जारी छ। यो हाम्रो लागि अत्यन्तै खुसीको विषय हो| यो लिंक click गरेर app हरु डाउनलोड गर्ने platform हरु कति छन् भनेर हेर्न सकिन्छा |
https://en.wikipedia.org/wiki/List_of_mobile_app_distribution_platforms
• हामीले पहिला पनि स्पष्ट पारिसकेका छौं कि private कम्पनीहरु विशेष गरेर IT tech कम्पनीहरुका Founder हरुले प्रायः 100% वा बहुमत voting rights लिएको पाइन्छ| यसको मुख्य उद्देश्य कम्पनी अगाडि बढाउन Founder हरुलाई आफ्नो सोचमा कुनै पनि बाधा अवरोध नआओस् भन्ने नै हो | यो किन गरिन्छ भने संस्थापक अल्पमतमा भएको कम्पनीमा कुनै पनि ठूलो लगानीकर्ताले लगानी गर्दैनन्, त्यसैले लगानीकर्ताहरुले नै संस्थापकहरुलाइ बहुमत भोटिंग राइट्स दिएका हुन्छन्। १९९० पछि आएका अमेरिकी कम्पनीहरु जस्तै गुगल, फेसबुक, स्न्यापच्याट, जुम लगायत सैयौं कम्पनीहरुमा यस्तै ट्रेन्ड रहेको छ। सगुनलाई पनि तिनै कम्पनीलाई हेरेर structure गरिएकाले यस्तो देखिएको हो। तर सगुन को २, ३ प्रतिशत भन्दा बढी शेयर किन्ने कम्पनी वा व्यक्तिले भोटिंग राइट पाउने कुरा हामी फेरी स्पष्ट पर्न चाहन्छौं। कहिलेदेखि यस्तो प्रचलन सुरु भयो तलको लिंक क्लिक गरेर हेर्न सकिनेछ|https://sociable.co/business/why-dual-class-stock-structure-popular-tech-companies/
• सगुनलाई भ्यालुएसन गर्ने दुइटा आधिकारिक independent कम्पनीहरूले दिएको भ्यालुएसन भन्दा तल गएर सगुनले शेयर निष्कासन गरेको छ| हाल निश्कासन गरेको शेयर बजार मुल्य भन्दा निकै तल रहेको हाम्रो अनुमान रहेको छ|
• तपाईं हामी सबैलाई थाहा छ कि धेरै bulk मा सामानहरु किन्दा discount दिने प्रचलन सबै तिर छँदैछ| अरु कम्पनीहरुले झैं सगुनले पनि securities and exchange commission को नियममा बसेर कानूनीरुपमा ठूला लगानीकर्ताहरुलाई केही discount गर्ने गरेको छ| यो कुनै अनैतिक प्रचलन हुँदै होइन सबै स्टार्ट अप कम्पनीहरुले यसरी नै funding जुटाउँदै अगाडि बढेका हुन्छन्|
• सगुनले नेपालमा प्रचारप्रसार गर्नुको एउटै मात्र उद्देश्य हो कि संसारभरि बस्ने प्रवासी नेपालीहरुले सबैभन्दा बढि पढ्ने र हेर्ने समाचारपत्रहरु नै नेपालबाट प्रकाशन हुने, हुन् त्यसैले उहाँहरु माझ पुग्नलाई र नेपालमा user growth पनि सँगसँगै हुनेहुँदा नेपाली पत्रपत्रिकाहरुमा हाम्रा जानकारीहरु प्रकाशित गरेका हौं| हामीले सधैं भन्दै आएका छौं नेपालबाट नेपालको सरकारको कानुनको कारणले सगुनमा लगानी गर्न मिल्दैन , तर विदेशमा भएका सबै प्रवासी नेपालीहरुले सगुनको सेयर सजिलै www.sagoon.com/invest मा गएर किन्न सक्नुहुनेछ ।
• कुनैपनि नयाँ सोच हावादारी हुन्छ भन्नु गलत हो| Battery recharge concept मा पनि IIT दिल्लीका प्राध्यापकहरुबाट यो रिसर्च अगाडि बढाउने अनुमति भएपछि हामीले यसको initial रिसर्च गरेका हौं| तर यो research लाई मूर्तरुप दिनलाई निकै ठूलो लगानी लाग्ने भएकोले हाललाई स्थगित गरिएको छ| नविनतम सोच लिएर अगाडि आउनु अथवा हरेक चिजलाई नयाँ किसिमले नयाँ ढंगले हेर्ने दृष्टिकोण गलत हो भने हामी यो गल्ती स्वीकार गछौं|
• जहाँ सम्म भ्रममा परेर सगुनले पैसा उठाउने क्रम जारी राखेको भन्ने आरोप छ, हामी के स्पष्ट पार्न चाहन्छौं भने हाम्रा ४,००० भन्दा बढी लगानीकर्ताहरु मध्ये ६० प्रतिशत संयुक्त राज्य अमेरिकामा बसोबास गर्नु हुन्छ। अन्य लगानीकर्ताहरु पनि गैर आवासीय नेपालीहरु, विभिन्न पेशा र व्यवसायमा संलग्न व्यक्तिहरु हुनुहुन्छ । बिना कुनै आधार मानिसहरुलाइ भ्रममा पारेर सगुनले पैसा उठाइरहेको छ भन्ने आरोप हामी अस्वीकार गर्छौं र खेद व्यक्त गर्छौं।
सगुन जुन देशमा स्थापित छ र जुनजुन देशमा दर्ता भएर अफ्ना गतिविधिहरू सञ्चालन गरिरहेको छ, ती देशका नियमकानूनका परिधि भन्दा पर गएर कुनै काम गरेको छैन र गर्ने छैन । हामीलाइ थाहा छ, सगुनको भिजन पूरा गर्न त्यति सजिले छैन, तर असम्भव पनि छैन । हामी सबैभन्दा पहिला सम्वन्धित देशहरूका कानूनलाइ सम्मान गछौं, त्यसपछि सगुनलाइ विश्वास गर्नुहुने यसका लगानीकर्ताहरू, सगुनका प्रयेगकर्ताहरू अनि त्यसैगरि समुदायका सम्पूर्ण शुभचिन्तकहरूलाइ सम्मान गछौं । त्यसैले हामी, कोही कसैलाइ झुक्याएर वा गलत जानकारी उपलब्ध गराएर क्षणिक माया लिने लालचले स्थापना भएका हेइनैँ । सगुन, सामान्य व्यक्तिहरूका लागि असम्भव लाग्ने काम गरेर नै सफल हुन चाहन्छ र त्ये बाटेमा अगाडि बढिरहेको छ ।
त्यसैले सगुनका बारेमा समुदायमा सत्यकुरा पुर्याउन चाहने कुनै पनि निकायलाइ हामीसँग सम्पर्क गरेर सत्यतथ्य बुझ्न हुन अनुरेध गर्दछौं ।
सगुन एपमा नयाँ फिचर्सहरु जोड्ने क्रम जारी छ, प्रयोगकर्ताहरूको वृद्धिले पनि हामीलाई निकै ठूलो हौसला प्रदान गरेको छ| हामी लामो यात्रामा हिँडेका छौं । यो यात्रामा हामी सम्पूर्ण महानुभावहरूको साथ सहयोगको अपेक्षा गरेका छौं । र हामी तपाइहरूसँग पनि यही अपेक्षा राख्दछौं ।
धन्यवाद
थप जानकारीका लागि सम्पर्क: mysagoon@sagoon.com
मिडिया सम्बन्धि जानकारीका लागि: media@sagoon.com
Kabindra
कविन्द्र सिटौला
सह-संस्थापक, Sagoon Inc.


