एनआरएनएको विधान संशोधन सुझाव समिति गठन, बेलायतबाट सिम्खडा र गुरुङ

SHARE:

लन्डन कात्तिक १७ । गैरआवासीय नेपाली संघ (एनआरएनए) को विधान संशोधन सुझाव समिति गठन गरिएको छ ।

आगामी विशेष महाधिवेशनमा विधान मस्यौदा प्रस्तुत गराउने लक्ष्यसहित जापान निवासी भूषण घिमिरेको संयोजकत्वमा विधान समिति निर्माण गरिएको हो । शनिबार सार्वजनिक गरिएको विधान संशोधन समितिको सहसंयोजकमा गंगाधार गौतम (बेल्जियम), प्रमोद सिटौला (अमेरिका), रामशरण सिम्खडा (यूके) रहेका छन् ।

यस्तै क्षेत्रीय प्रतिनिधित्व गर्ने सहसंयोजकहरुमा सुनिल कार्की (अफ्रिका), रविन बज्राचार्य (अमेरिका), ओम गुरुङ (एशिया फ्यासिफिक), पुष्प थापा (युरोप), विनोद भट्टराई (मध्यपूर्व), चोलाकान्त भूसाल (ओसियाना) रहेका छन् ।

यस्तै समितिका सदस्यहरुमा चिरञ्जीवी घिमिरे (क्यानाडा), कमल गुरागाई (कतार), लालबहादुर केसी (न्युजिल्याण्ड), लक्ष्मी गिरी (बहराइन), पुनम गुरुङ (यूके), यज्ञ सुवेदी (दक्षिण कोरिया), यास्मिन बेगम (साउदी अरब) रहेका रहेका संघका महासचिव डा. हेमराज शर्माले विज्ञप्तिमार्फत जानकारी दिएका छन् ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!