सचिब पदमा उम्मेदवारी घोषणा तथा अनुरोध !

SHARE:

बेलायत – NCC UK को कार्यसमितिको सदस्य ज्ञानेन्द्र आलेले एन आर एन युकेको निर्वाचनमा सचिब पदमा उमेद्वारी दिने घोषणा गर्नुको साथै मत दिन अनुरोध गरेका छन। उनको उम्मेदवारी घोषणा तथा अनुरोध ! जस्ताको तस्तै।

आदरणीय बेलयातबासी दाजूभाई तथा दिदीबहिनीहरु नमस्कार,

सर्वप्रथम २०१९/२१ कार्यकाल NCC UK को कार्यसमितिको सदस्य निर्वाचित गरी समाजसेवा गर्ने अवसर दिनु भयकोमा सम्पूर्ण मतदाता महानुभाबहरुमा हार्दिक आभार व्यक्त गर्न चाहन्छु।

यो कार्यकाल एकदमै सफलता पुर्बक मैले आफ्नो पदीय दायित्व तथा जिम्मेवारी पूर्ण रुपमा निभाएको महशुस गरेको छु। यो समय भित्र एनआरएनए यूकेको अभियानसंग प्रत्यक्ष रुपमा नजोडिएका बेलायतका बिभिन्न क्षेत्रमा बसोबासरत साथै बिभिन्न संघ संस्थामा आबद्द बेलायतबासी नेपालीहरुलाई एनआरएनए यूकेको भाईबर सूचना पोर्टलको माध्यमबाट धेरै भन्दा धेरै नेपालीहरुलाई एक ठाउंमा ल्याएर एनआरएनए यूकेको अभियान बारे निरन्तर रूपमा जानकारी/अपडेट गर्ने, कोरोना महामारीको समयमा GOFund मार्फत आर्थिक सहयोग संकलनमा नेतृत्वदायी भूमिका निर्भाह गर्ने र एनआरएन यूकेको हरेक अभियानमा मेरो सक्रिय सहभागीताका साथै जिम्मेवारी निर्भाह गर्दै आएको छु।

त्यसैले यिनै र यस्तै कार्यहरुलाई अझ बडी सशक्त बनाउंदै अगाडी बढ्ने मेरो चाहना हो। मेरा आदरणीय एनआरएनए अभियानका बिज्ञ अभियन्ता, साथीभाई, शुभ चिन्तक र मेरो परिवारका सदस्य ज्युहरुको सलाह, सुझाव, माया र भावना अनुसार यही आऊने ३१ जुलाई २०२१ को दिन हुन गईरहेको गैर आवासीय नेपाली संघ बेलायत रास्ट्रीय समन्वय परिसदको निर्वाचनमा एनआरएनएले पूर्ण प्राप्त गर्न नसकेको हाम्रो सामूहिक माग/ समस्या जस्तै नेपाली नगरिकता निरंतरता, नेपालमा हाम्रो सम्पतिको सुरक्षा, गोरखाको समानता तथा सम्मानको अभियान, नेपालमा गैर आवासीय लगानी मार्फत आर्थिक विकाश, संस्थामा समाबेशी सहभागीता, पूर्ण पारदर्शिता सहित बेलयातभरी नेपाली भाषा, धर्म, संस्कृति जोगाउन र प्रवन्धन गर्ने मेरो व्यक्तिगत प्रतिबद्दता सहित आऊदो २०२१-२३ कार्यकालको लागी गैर आवासीय नेपाली संघ बेलायत रास्ट्रीय समन्वय परिसदको सचिब पदको लागी मेरो उम्मेदवारि घोषणा गर्दछु।

संपूर्ण आदरणीय नेपाली दाजूभाई तथा दिदी बहिनीहरुको सल्लाह र सुझाब सहित पूर्ण सहयोगको अपेक्षा गरेको छु। धन्यवाद |

ज्ञानेन्द्र आले मगर
सदस्य : एनआरएनए एन.सी.सी. यूके
सचिब पदको उम्मेदवार

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!