बेलायतमा ग्रयाजुएसनपछि वर्क परमिट पाउने नियम लागू

SHARE:

लण्डन असार १८ ।

बेलायत सरकारले क्षमतावान अन्तर्राष्ट्रिय विद्यार्थीलाई लक्षित गरि ल्याएको ग्रयाजुएट इमिग्रेसन रुट औपचारिक रुपमा आज १ जुलाईबाट लागू भएको छ ।

ग्रयाजुएट इमिग्रेसन रुटमार्फत अब बेलायती विश्वविद्यालयबाट डिग्री गर्ने विद्यार्थीले दुई वर्ष र पिएचडी वा डक्टोरल गर्ने विद्यार्थीले तीन वर्षको वर्क परमिट पिएसडब्लु पाउनेछन् । खड्काले ‘ट्रयाक रेकर्ड अफ कम्प्लाएन्स’ भएका युनिभर्सिटीहरुबाट डिग्री गर्ने विद्यार्थीले मात्र पिएसडब्लु भिजा अप्लाइ गर्न सक्ने बताए ।

बेलायतको नयां नियमबाट नेपाली विद्यार्थी समेत लाभान्वित हुनेछन् । अहिले बेलायती विश्वविद्यालयमा अध्ययन गर्न आउने नेपाली विद्यार्थीको संख्या बढिरहेको छ । तर, कोरोना महामारीसंगै जारी निषेधाज्ञका कारण कयौं विद्यार्थी नेपालमै अड्किएको शैक्षिक परामर्शदाताहरु बताउंछन् ।

बेलायतले गत अप्रिल २०१२ मा पिएसडब्लु रुट खारेज गरिदिएको थियो । ब्रेक्जिटसंगै बेलायतले गत १ जनवरीदेखि आफ्नो अध्यागमन नियममा परिवर्तन गर्दै अंकमा आधारित बनाएको छ । क्षमतावान उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीलाई पढाइपछि बेलायतमै ‘करिअर’ बनाउन अवसर दिने नीति सरकारको छ ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!