काठमाडौँ । प्रधानमन्त्री के.पी. शर्मा ओलीले आफ्नो आसन्न चीन भ्रमण सबै दृष्टिले उपलब्धीमूलक बनाउने तयारी भएको बताएका छन् ।
चीन भ्रमणको तयारीका सम्बन्धमा आइतबार सिंहदरबारमा पूर्वप्रधानमन्त्रीहरुलाई अवगत गराउदैँ उनले भने, “तपार्इँहरु सबैको भावनालाई समेटेर म चीन जाँदैछु, मूख्यत राष्ट्रिय हितलाई ध्यानमा राखेको छु ।”

पूर्वप्रधानमन्त्रीहसँगको भेट अघि प्रधानमन्त्री ओलीले परराष्ट्र मन्त्री प्रदिप कुमार ज्ञवालीसँग भ्रमण सम्बन्धमा छलफल गरेका थिए । परराष्ट्रमन्त्री ज्ञावलीसँगको भेटमा उहाँले भ्रमणपछि नेपाल चीन सम्बन्ध नयाँ उचाईमा प्रवेश गर्ने र चीन– भारतबीच बढ्दो सम्झदारीले नेपालले थप अवसर प्राप्त गर्ने विश्वास व्यक्त गरे । प्रधानमन्त्रीको आसन्न भ्रमणलाई चीनिया पक्षले दुई पक्षीय सम्बन्धमा सबैभन्दा महत्वपूर्ण पहल कदमीका रुपमा अंगिकार गरेको पनि उनको भनाई थियो । भ्रमणका अवसरमा नेपाल–चीन सीमा क्षेत्रमा थप पाचँ नाका खोल्ने समझदारी हुन लागेको उनले जानकारी दिए ।
भ्रमणका अवसरमा समझदारी पत्रमा हस्ताक्षर र ‘लेटर अफ एक्सचेन्ज’ आदानप्रदान हुने जानकारी दिँदै दुवै देशको राजनीतिक स्थिरताले विकास र समृद्धिको नयाँ मार्ग प्रशस्त हुने अपेक्षा गरिएको उनले बताए ।
परराष्ट्रमन्त्री ज्ञावलीले भ्रमणले विगतका सम्झदारी र सम्झौताको कार्यान्वयनको बाटो खुल्ने विश्वास व्यक्त गरे । “भ्रमणका क्रममा सहयोगका नयाँ क्षेत्र पनि पहिल्याइने छ । दुई देशबीच कनेक्टेभिटीका क्षेत्रमा महत्वपूर्ण सम्झदारी हुनेछ ।’ परराष्टक मन्त्री ज्ञवालीले भने । साथै केरुङ–काठमाडौ, काठमाडौँ–पोखरा रेल परियोजनाका सम्बन्धमा विस्तृत परियोजना प्रतिवेदन बनाएर अघि बढ्ने समझदारी हुने जानकारी गराए ।
पुर्वप्रधानमन्त्रीहरुसँगको छलफलमा नेपाली काँग्रेसका सभापति एवम् पुर्वप्रधानमन्त्री शेरबहादुर देउवाले चीन भ्रमणमा नेपालको तयारी राम्रो रहेको बताउँदै भ्रमणले नेपालको हित हुने विश्वास व्यक्त गरे । उनले प्रधानमन्त्री ओलीलाई भ्रमण सफलताको सुभकामना पनि दिए । नेकपाका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल–चीन–भारत बीच त्रिदेशीय सम्बन्ध अगाडि बढ्नु सकारात्मक भएको बताए । त्यस्तै पूर्वप्रधानमन्त्री झलनाथ खनालले रेल परियोजनाप्रति सबैको आशा रहेको बताए । पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले प्रधानमन्त्री ओलीलाई लिखित सुझाव प्रस्तुत गरेका थिए ।
पूर्वप्रधानमन्त्री माधव कुमार नेपालले नेपाल चीनको बहुआयामिक सम्बन्धलाई महत्वका साथ अघि बढाउन रणनीतिक साझेदारीको दिशामा अग्रसर हुनपर्ने धारणा राखेका थिए । मन्त्रीपरिषद्का पूर्व अध्यक्ष खिलराज रेग्मीले नेपालमा चीनिया लगानी भित्राउने बातावरण बन्नु पर्ने राय व्यक्त गरे ।
प्रधानमन्त्रीको चीन भ्रमण : आर्थिक क्षेत्रले नयाँ उचाइ लिने विश्वास
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणले दुई देशको पारस्परिक सम्बन्ध थप प्रगाढ बनाउँदै देशको आर्थिक क्षेत्रले नयाँ उचाइ लिने विश्वास लिइएको छ ।
चिनियाँ प्रधानमन्त्री ली खछ्याङको निमन्त्रणामा आगामी मंगलबार हुन लागेको प्रधानमन्त्री ओलीको भ्रमणका क्रममा पर्यटन एवं आर्थिक क्षेत्रमा विविध विषयमा समझदारी हुनेछ ।
प्रधानमन्त्रीको उपस्थितिमा आइतबार भ्रमण टोलीसँग परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले चीन भ्रमणलाई उपलब्धिमूलक र दुई देशबीचको सम्बन्धलाई नयाँ उचाइमा पुग्ने विश्वास व्यक्त गरे ।


