लघु कथा: शीर्षक शालिनी

SHARE:

इन्द्रेणी शर्मा जलद

बेलायत – हुने हुमामी टारेर टर्दैन भन्छन् हो रहेछ । समयले धेरै रङ्ग बदल्यो । एक किशोरी आफ्नो कामलाई बडो सम्मानका साथ गर्थिन । विरामी उनको त्यो ब्यबहार देखेर अत्यन्त भाबुक हुन्थेँ । सवैले उनलाई करुणाको देवी मान्थे । विरामी कुरुवाले गरेकाे आत्मीय ब्यबहारले नतमस्तक हुन्थिन । आफ्नो विगतको कालो अतीत ले उनलाई पलपल दुःखाउथ्यो । शालीन आनीबानी भएकोले उनकी स्कुलकी मिसले उनलाई शालिनी नाम दिइन । साँच्ची उनी गरीब किसान की छोरी थिइन् । गाउँको साहुले उनको सम्पूर्ण जायजेथा हडपेको थियो । आमा बाबुकाे गरिबीलाई नजिकबाट बुझेकी शालिनी जीवनलाई सही बाटोमा लगाउने विचार गरिन् समय वित्दै गयो उनको मेहनत र संघर्षले उनलाई एक कर्मशील नर्स बनाएर छोड्यो । संसार भरी फैलिएको कोरोनाले धेरैको ज्यान लियो धेरैको घरजम तहस नहस बनायो

शहरको एक चर्चीत अस्पतालमा कार्यरत हुँदा धेरैको उपचारमा खटिन् रातदिन नभनी आखिरी एकदिन उनलाई कोभीड १९ ले छोडेन । भेन्टिलेटरमा आफूलाई पाउदा आफ्ना आमा बाबु लाई संझी रहिन । आफना कोही भेट्न आएनन् बरू आफूले सेवा र उपचार हरेक बिरामीका आफन्तहरु आएर उनको चाँसो देखाउँथे । उनको स्वाथ्य सुधार हुदै गयो आफनो नजीक आमाबाबुलाई भेटिन आँखा रसाए । हल्का मुस्कुराउदै भनिन्। मा बाबाको आशीर्वादले बाँच्न सके। शालिनी आज कोभिंडबाट बाँचेर घर फर्किन । घर सुनसान थियो । छिमेकीले शालिनीको काम नर्स भएकोले उनको घरको नजीक जान डराउँथे । समय बित्दै गयो उनी निको भइन् फेरो आफ्नो काममा फर्किन ।

आज उनको पालोमा केही पूर्व परिचित मान्छेको जमघट देखिन नभन्दै दयासागर साहुको छोरा कोभिंडले मरणासन्न अवस्थामा रहेको थियो । राजेश शालिनी लाई बडो आदर गर्थ्यो हुनपनि दुवै वाल दौतरी थिएं । शालिनीकाे आँखा रसाए । दोष त बाबुको पो थियो राजेशले धेरै पल्ट सम्झाएको पनि हो ।उनको अतीत आज चल्दो चलचित्र झै जीवन्त भएर आए । साहुसंग शालिनीको आँखा जुधे । दुबै चुपचाप राजेशको कोठामा केन्द्रीत थिए । डाक्टर रूपेशले राजेशको लागि ओ पोजेटिभ रगतको आवश्यकता बताए धेरै संग सम्पर्क गरियो उक्त समुहको रगत प्राप्त हुन सकेन । हार गुहार गर्दापनि नपाए पछि लाचार भएर राजेशका परिवार को चिन्ता झन् झन् बढ्दै थियो ।

शालिनी आफनो आमा बाबा लाई फोन गर्छिन सारा कुरा सुनाउँछिन्। मा बाबा को मन्जुरी लिएर आफ्नो रगत राजेशलाई दिन्छिन् । अप्रेशन सफल हुन्छ । आफ्नो अगाडि शालीनको आमा बाबा देख्दा राजेश झस्किन्छ नजीक नर्स शालिनी देखेर भाबुक हुन्छ । राजेश शालिनी तिमी यहाँ ? नजीक डाक्टर रुपेश ले सम्पूर्ण कुरा व्यक्त गर्छन्रा जेशकाे अवस्था एकदम सुधारिएको थियो । दयासागर साहु काे खुशीको सीमा थिएन । अचानक शालिनीका आमा बाबा लाई देख्दा उसलाई आफूले टेकेको धर्ती भासिए जस्तो लाग्यो जब शालिनीको कहानी सुने । दयासागर को मनमा आत्मग्लानी ले पोली रहेको थियो । नजीक आएर शालिनीले यत्ति भनिन राजेश मेरा बाल्य कालका साथी भएकोले बचाएकी हुँ तर साहु दया सागरको छोरा भएर होइन । आत्तिनु पर्दैन मेरा आमाको कारण राजेशले जीवन पाएका हुन् । बैगुनीलाई गुनले मार्नुपर्छ मेरी आमाको यो कुराले मलाई छोयो र मैले हासी हासी मेरो रगत समूह मिलेकोले दिएकी हुँ”छोरी शालिनी मलाई लज्जित नपाएर म पापी अपराधि हुँ मैले सारा पाप पखाल्न चाहन्छु मलाई माफ देऊ यो सारा जायजेथा एउटा अस्पतालकाे लागि अर्पित गर्न चाहन्छु र जुनसम्पति तिम्रा आमाबुवाकाे थियो । सबै फिर्तागर्न खोजेको छु “साहु दया सागरको आँखाबाट आँशु गहभरी पोखिएका थिए नर्स शालिनीको अनुहारमा खुशीको उज्यालो चमक अझैं झल्किरहेको थिय।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!