एनआरएनए युकेद्वारा गोर्खा विभाग गठन

SHARE:

लन्डन भदौ ९ । गैरआवासीय नेपाली संघ (एनआरएनए) युकेले अध्यक्ष प्रेम गाहामगरको संयोजकत्वमा रहेको गोर्खा विभाग गठन गरेको छ ।

पूर्ण कार्यसमितिको मंगलबार साँझ बसेको दोस्रो भर्चुअल बैठकले विभाग गठन गरेको एनआरएनए यूके महासचिव खुशी लिम्बुले जानकारी दिए । उनका अनुसार विभागले अल्पकालीन, मध्यकालीन र दीर्घकालीन विस्तृत योजना सार्वजनिक गर्नेछ ।

विभागमा भीम सारु मगर, प्रवक्ता भरतमणि चोङवाङ, सदस्य सचिव चम्पा थापामगर, विनोद बुढाथोकी र भक्त दर्जी छन् । विभागले भूतपूर्व गोर्खा सम्मिलित संगठनहरु बिजिडब्लुएस, गेसो, सत्याग्रह संघर्ष समिति, नेसा, बिजिएइएसओ र गोर्खा नागरिकता निरन्तरता युके मिलेर काम गर्ने जनाइएको छ । ती संस्थाहरुसँग सरसल्लाह गरी गोर्खा विभागले गोर्खाका समस्या समाधान गर्न थप पहलदकमी लिनेछ ।

त्यसैगरी, विभागले गोर्खा वेलफेयर टष्ट, गोर्खा वेलफेयर एडभाइस सेन्टरसँग पनि मिलेर अघि बढ्ने योजना तय गरेको छ । विभागमा ले.कर्णेलद्वय तोल खाम्चा र देवेन्द्र आले सल्लाहकार तथा सोलिसिटर राजु थापा कानुनी सल्लाहकार छन् ।

इंग्ल्यान्ड राज्य समन्वय परिषद्, वेल्स राज्य समन्वय परिषद्, स्कटल्यान्ड राज्य समन्वय परिषद् र नर्दन आयरल्यान्ड राज्य समन्वय परिषद् गरी चारै राज्य समन्वय परिषद्माअन्तर्गत बसोबास गर्ने सबै भूतपूर्व गोर्खाको समस्या समाधान एनआरएनए यूकेले गर्ने अध्यक्ष गाहामगरले बताए ।

चार वटा राज्य समन्वय परिषद्मा ४ कन्ट्री कोअर्डिनेटर, १२ काउन्टी कोअर्डिनेटर छन् र ५४ जना क्षेत्रीय कोअर्डिनटेर छन् । बेलायतभर ८० जना टिमले आ-आफ्नो ठाउँबाट एकसाथ काम गर्नेछन् ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!