चारधाम यात्रा : “हर हर महादेव” भन्दै १७ किलोमिटरको परीक्षा

SHARE:

निकै साँघुरा पहाडी बाटा र बीच बाटोमा भारतीय सेनासँग हाम्रो व्यवस्थापन पक्षको तालमेल नमिलेको कारण केही घण्टा थप घुम्नुपर्यो। अन्ततः रातको १२:२५ बजे सीतापुरस्थित शिवालिक भ्याली रिसोर्ट पुगियो। चौरासी व्यञ्जन अगाडि राखिदिए पनि रातको एक बजे पेटभन्दा ओछ्यानले बढी बोलायो। खाना अर्को दिनको जिम्मा लगाएर घुप्लुक्कै निदाइयो।

सधैंझैं बिहान सात बजे फालिम हुने उर्दी आयो। मान्नेले माने, नमान्नेले उही पुरानो दर्शन दोहोर्याए
“छोडेर त जाँदैनन् नि!” नित्यकर्म र स्नानपछि हिजो राति भोकै सुतेको क्षतिपूर्ति गर्न छोले-भटुरे माथि न्याय गरियो र केदारनाथको यात्रातर्फ पाइला बढाइयो।

माथि केदारनाथमा दुई रात बस्ने भएकाले अत्यन्तै थोरै सामान मात्र ब्याकप्याकमा राखियो। आखिर १७ किलोमिटर उकालो, माथिबाट हाई अल्टिच्युड, तलबाट घोडा-खच्चरको ट्राफिक यो त केवल यात्रा होइन, पूर्ण परीक्षा! पो हो त ।

सीतापुरबाट डेढ किलोमिटर हिँडेर सोनप्रयाग पुगियो। त्यहाँबाट प्रतिव्यक्ति रु. ५० तिरेपछि सटल जीपले गौरीकुण्ड पुर्यायो। जीप ड्राइवरको ड्राईविङपनि १२ जना बोकेर बडों हतारले जीप हुईक्यायो साहेद उनिहरुलाई यस्ता सयौं खेप गर्नु थियो ।

हाम्रो छ जनाको टोलीमा सबैजना पैदल जाने, केवल फमाया पुन दिदीलाई भरपर्दो घोडा खोज्नु थियो। दिदीलाई हिन्दी बोल्न नआउने हुनाले नेपाली मान्छे खोजेर दिदीलाई सहज बनाउने प्रयास गरियो। सुरुमा सबैले “हो जाएगा… हो जाएगा…” भने। घोड़ाको पैसा काउन्टरमा रु. ३,५०० बुझाएपछि भने एउटा स्थानीयलाई देखाउँदै “इसको थोड़ा-थोड़ा नेपाली भी आती है…” भनेर दाजु आफैं बेपत्ता! त्यो क्षण बुझियो यहाँ “हो जाएगा” भनेपछि सबै कुरा हुन्छ भन्ने होइन, थुप्रै कुरा त “गायब” पनि हुन्छन ।

पालकीको भाडा रु. १५ हजारदेखि २५ हजार, पिठ्युमा बोक्नेको ८ हजारदेखि १५ हजार। हामीले पनि हाम्रा ब्याकप्याक एक नेपाली दाइलाई रु. १,००० प्रति ब्यागमा जिम्मा लगायौं। दिदी घोडामा अघि लाग्नुभयो। हामी पाँच जना राजेन्द्र दाइ, दुर्गा भाउजू, पवित्रा, हिरा दिदी र म—“हर हर महादेव” भन्दै उकालो समात्यौं।

२२ किलोमिटर भन्ने हल्ला सुनेका थियौं। तर मोबाइल र बोर्ड दुवैले एउटै कुरा भने “१७ किलोमिटर मात्रै हो, नडराउनुहोस्… तर उकालो चाहिँ हामी केही गर्न सक्दैनौं!” बाटो भने निकै व्यवस्थित। ठाउँठाउँमा पसल, खानेकुरा, पिउने पानी, निःशुल्क शौचालय। लाखौं भक्त र दशौं हजार घोडा-खच्चर हिँड्ने बाटो यति सफा कसरी होला भनेर अचम्म लाग्यो। निश्चित क्षेत्रमा खटिएका सफाइ कर्मचारीले घोडाले फोहोर गरेपछि केही मिनेटमै सफा गरिरहेका देखिन्थे।

स्थानीयका अनुसार ६–९ घण्टा लाग्ने यात्रा हामीले बिहान ९:५० मा सुरु गरेर साँझ करिब ५ बजे केदारनाथ बाबाको आँगनमा टेक्न सफल भयौं। यहाँको विषेशता भनौ बीचमा डेढ घण्टा वर्षाले पनि “थोरै आराम गर” भनेर रोकेको थियो।

बाटोभरि निःशुल्क स्वास्थ्य शिविर देखिए। तर मन्दिरभन्दा करिब एक किलोमिटर तल नारायण सेवाद्वारा सञ्चालित आधुनिक अस्पताल देख्दा झन् अचम्म लाग्यो। एक्सिडेन्टदेखि आकस्मिक सेवासम्म सबै निःशुल्क। हाम्रो टोलीले पनि सेवा लियो। साँझ सात बजे केदारनाथको आँगनबाट नेपालमा रहेका आमा, ससुरा-बुबा आमा लगायत परिवारलाई भिडियो कलमार्फत केदारनाथ मन्दिरको नित्य आरती “लाइभ” देखाइयो। मनले सोच्यो कुनै समय भगवानको दर्शन गर्न महिना लाग्थ्यो, आज औँलाले एउटा बटन थिच्यो, हजारौं किलोमिटर टाढा बसेका आफ्ना मान्छेले पनि सँगै आरती गरे। विज्ञान साँच्चै अद्भुत रहेछ।

केदारनाथमा हाम्रो बसाइ परमेश्वरी कटेज र धुनी कटेजमा थियो। यहाँ तलजस्तो जोडी-जोड़ीलाई छुट्टाछुट्टै कोठा सम्भव रहेन। त्यसैले राजेन्द्र दाइ र दुर्गा भाउजुसँग एउटै कोठामा बस्यौं। उहाँहरूको सहज स्वभावले दुई रात रमाइलै बित्यो।दाईंको हरेक क्षेत्रकों दक्षता तर एकदम कम बोल्ने दाई अनि ईस्टामिनाकी खानीं भाउजुको केमिस्ट्री लोभ लाग्दो रहेछ ।

आठौं दिन : भगवानको दर्शन कि लाइन व्यवस्थापनको परीक्षा?
बिहानको पहिलो दर्शनका लागि टोली बनाइयो। भारतका धेरै तीर्थस्थलमा देखिने परम्पराअनुसार यहाँ पनि पूजा सामग्री बेच्ने र केही पण्डाबीचको गोप्य भनिने तर खुल्लमखुल्ला “व्यवस्था” प्रयोग गरेर हाम्रो समूहले गर्भगृह प्रवेशको अवसर पायो। प्रति जोडीको रु २५०० मा विशेष दर्शन । बिहान चार बजे मुख्य मन्दिरको दाँयापट्टीबाट १०/१० जनाको टोली बनाएर एकजना पण्डित जीको सहयोगले हामीलाई मन्दिरभित्र प्रवेश गरियो। तर भित्र पुग्दा लाग्यो, त्यहाँ विराजमान भगवान त शान्त हुनुहुन्थ्यो, भक्तहरू भक्तिभावमा थिए, तर केही पण्डाहरूलाई चाहिँ सबैभन्दा धेरै भक्तिको विषय “जेब गरम” नै रहेछ।

यता भक्तजनहरुमा पनि कसैले जसरी पनि शिवलिङ्गमा दूध चढाउनु छ, कसैले घ्यू, कसैले जल। अगाडि धकेल, पछाडि तान, या बीचमा अड्क… यस्तो लाग्थ्यो मानौं पूजा होइन, विश्वकपको फाइनल खेलिँदैछ। यतिबेला पनि मैले हाम्री आमालाई संझें साहेद कतिले धेकेले होलान या ताने होलान । हामी पनि अन्ततः त्यो “युद्ध” जितेर बिहान ६:३० मा बाहिर निस्कियौं।

बाहिर आउँदासम्म हाम्रो टोलीकी टिम लिडर आदारणीय सुषमा भाउजुले सामूहिक आरतीको तयारी गरिसक्नुभएको रहेछ। सबै मिलेर गाइएको आरतीमा बरु मन साँच्चै शान्त भयो।

मन्दिरको ठीक पछाडि रहेको भीम शिला देख्दा मन श्रद्धाले भरियो। २०१३ को विनाशकारी बाढीमा यही विशाल शिलाले मन्दिरको पछाडिबाट आएर धार परिवर्तन गरिदिएको विश्वास गरिन्छ। मन्दिर वरिपरिका धेरै संरचना बगे, तर करिब १,२०० वर्ष पुरानो केदारनाथ मन्दिर सुरक्षित रह्यो। आस्थावानका लागि यो चमत्कार, इतिहासकारका लागि प्रकृतिको अद्भुत संयोग। अनि त्यसमाथि रहेको आदि शंकराचार्यको समाधिस्थल पनि निकै आकर्षक लाग्यो। अनि शनिबार परेकोले कालभैरव दर्शन झन् विशेष बन्यो।

त्यो बिहान मौसमले पनि भगवानकै पक्ष लिएको जस्तो लाग्यो। हिमाल एकदमै खुलेका थिए। अब यस्तो दृश्यमा फोटो नखिचे त… हैट आकाशै खस्ला जस्तो भएन र ! बड़ों तुजुक देखाएर पोज दिंदै फोटास

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!