पराई धर्ती [कविता]

SHARE:

म उभिएको
धर्ती मेरो होइन,
यहाँको माटोमा
मेरो पुर्खाहरूको सुगन्ध छैन ।
न त यसको छातीमा मेरो बाल्यकालको डोब नै छ ।
तर पनि, म बलियो गरी उभिरहेको छु ।
थाहा छ किन ?
किनकि मैले टेकेको जमिन पराई भए पनि,
मेरो स्वाभिमान थाम्ने संकल्प मेरै हो ।
संघर्ष गर्ने हत्केला आफ्नै हो,
र संघर्ष गरिरहेको यो तातो रगत पनि आफ्नै हो ।
जहाँ पैताला अडिन्छ,
त्यहीँ एउटा नयाँ इतिहास बन्छ,
अनि
त्यहींबाट नयाँ यात्रा
आरम्भ हुन्छ,
निरन्तर ….निरन्तर …
अनन्तसम्म ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!