गल्कोट समाज यूकेको अध्यक्षमा कँडेल निर्वाचित

SHARE:

लन्डन भदौ १० । गल्कोट समाज यूकेको अध्यक्षमा भोजराज कँडेल निर्वाचित भएका छन् ।

मिडल्यान्डको बर्मिङहम, वेष्ट ब्रोमिचमा मंगलबार भएको तेस्रो अधिवेशनले कँडेलको अध्यक्षतामा सर्वसम्मतिमा नयाँ कार्यसमिति निर्वाचित गरेको हो । अध्यक्ष निर्वाचित कंडेल अघिल्लो कार्यसमितिमा उपाध्यक्षको भूमिकामा थिए ।

नवनिर्वाचित कार्यसमितिमा उपाध्यक्ष गोविन्दराम कँडेल र चन्द्र सहनी, महासचिव विष्णु चालिसे, सचिवमा सुजन गौतम, कोषाध्यक्षमा गंगाधर र सहकोषाध्यक्ष लाल थापा निर्वाचित भएका छन् । त्यस्तै, कार्यसमिति सदस्यहरुमा डा. पुष्प उप्रेती, डिलाराम गैरे, तेजबहादुर भण्डारी, राजु बोहोरा, राजु सापकोटा, अमरनाथ गैरे, धनबहादुर केसी, राम थापा, किसान खत्री, सिता खराल, नगेन्द्र खड्का, सुरेश परियार, दशरथ खरेल, सुरेश भण्डारी, मोती सुवेदी, अशोक बुढाथोकी, हरि घर्ती र नारायण खरेल छन् ।

रेशम बुढाथोकीको संयोजकत्वमा एनआरएनए केन्द्रीय सल्लाहकार सोम सापकोटा, शान्ति नेपाली समाज बेलायत अध्यक्ष भोजराज भण्डारी र साझा नेपाली समाज यूके अध्यक्ष कृष्ण सापकोटा सदस्य रहेको निर्वाचन समितिले सर्वसम्मत नयाँ कार्यसमिति घोषणा गरेको थियो ।

नवनिर्वाचित कार्यसमितिको घोषणापछि निवर्तमान कार्यसमितिका अध्यक्ष राजु कँडेलले बधाई तथा कार्य सफलताको शुभकामना व्यक्त गरेका थिए । बाग्लुङ जिल्लाको गल्कोट क्षेत्रबाट आएर बेलायतमा बसेका गल्कोटेहरुले सन् २०१६ मा गल्कोट समाज यूके स्थापना गरेका हुन् ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!